Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कांग्रेस रुपान्तरण र पुस्तान्तरणको लागी तयार– नेता पौडेल

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

 धनकुटा/नेपाली कांग्रेसका प्रभावशाली यूवा नेता सांसद प्रदिप पौडेलले वुधवार धनकुटामा पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्दै वडा, जिल्ला तह देखी नै अव कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको अभियान शुरु वताए ।

       भोजपुरको दिङ्लामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरी फक्रने क्रममा वुधवार नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय तथा सहिद भीम नारायण स्मृती भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा यूवा नेता पौडेलले यस्तो वताएका हुन् । धनकुटा जिल्ला सदरमुकाममा उपलब्ध नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्दै नेता पौडेले भने–‘वडा देखीनै रुपान्तरण र पुस्तान्तरणको अभियान शुरु गर्दै केन्द्र सम्म गर्नु पर्छ।’ 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत ररहेका यूवा नेता तथा सांसद पौडेलले नेपाली कांग्रेस यही स्थितिबाट अगाडी बढे सफलता प्राप्त गर्न नसक्ने भएकाले नेपाली कांग्रेस भित्र रुपान्तरण आवाश्यक भएका दावी गरे । उनले भने–‘केन्द्रमा आफुहरुले वारम्वार आवाज उठाई रहेकोले अव वडा, पालिका, क्षेत्र र जिल्लाबाट सशक्त ढंगले रुपान्तरणका लागी अभियान संचालन गर्नु पर्छ ।’

       नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य गंगाराम ढुंंगाना, पार्टी प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे,महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, जिल्ला सदस्य राजेन्द्र पौडेल, प्रदेश महाधिवेशन प्रतिनिधि ईश्वरी सुवेदी, स्वतन्त्र विद्यार्थी युनियन धनकुटा वहुमुखी क्याम्पसका सचिव सुवास खनाल, नेपाली कांग्रेस  धनकुटा  वडा नं. १ का सभापती विर वहादुर तितुङ्ग तामाङ, भैरवा पाँचकोटी  र विद्यार्थी नेताहरु लगायतले सांसद पौडेललाई धनकुटा कांग्रेसको अवस्था र पार्टी सुदृढीकरणको वारेमा जानकारी गराएका थिए।

उनीहरुले नेता  पौडेललाई आशा र भरोसाका युवा नेता भन्दै कांग्रेस रुपान्तरण र पुस्तान्तरणको  लागी  राष्ट्रिय नेतृत्व गर्न अनुरोध गरे । सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई लगायत जिल्ला नेताहरुले  नेता पौडेलाई पार्टी कार्यालयमा स्वागत गरेका थिए ।

  • Dhankutapress

थप