Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पुर्व मन्त्रि थापाको अभिव्यक्ति प्रति एमालेको २ भातृसंगठनको आपत्ति

  •   ५ वर्ष अघि | २३ चैत्र २०७८, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/स्थानिय तहको निर्वाचनको तिथि नजिकिदै गर्दा धनकुटामा चुनावी सरगमीसंगै दलहरु विच एक आपसमा टकराब वढ्ने संकेत देखिएको छ ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा जिल्लाको सातै तहमा आफ्नो जित हासिल गर्न सफल नेकपा एमाले यस पटक पनि आफ्नो वर्चश्व कायम राख्न कम्मर कसेर लागीरहेको बेला वैचारिक मतमतान्तर भन्दा पनि यहाँका राजनतिक दलहरु एक अर्कालाई कसरी सक्ने भन्नेमा लागेको देखिन्छ । 

यसै विच चैत्र २१ गते जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.६ मा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता सुनिल वहादुर थापाले दिएको अभिव्यक्ति प्रति एमाले निकट युवा संघ नेपाल र अखिल नेपाल महिला संघले गम्भिर आपत्ति जनाएका छन् । 


दुवै संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर ‘धनकुटामा जनताबाट निर्वाचित सांसदहरुलाई नेता थापाले सांसदहरुबाट चेलीबेटी सुरक्षिति छैन्न, होसियार हनु पर्ने अभिव्यक्ति’ को गम्भिर आपत्ति जनाएका हुन् । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धनकुटाका अध्यक्ष प्रवीण पोख्रेल र अखिल नेपाल महिला संघ जिल्ला कमिटी धनकुटाका उपाध्यक्ष भिमा खनाल अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा पुर्व मन्त्रि समेत भै सकेको कांग्रेसका नेताबाट धनकुटामा सांसदहरुबाट चेलीवेटी सुरक्षित छैन्न, होसियार हुनु पर्ने अभिव्यक्ति के को आधारमा आएको भन्दै भत्र्सना गरेका छन् । 

उनीहरुले झुटो कपोकल्पित, घृणित, अवाञ्छित र भ्रामक लाञ्छना लगाएर राजनैतिक संस्कार विरुद्ध नजान दुवै संगठनले विज्ञप्ती मार्फत कडा चेतावनी दिएका छन् । विज्ञप्तीको अन्त्यमा विना प्रमाण कसैको मान हानी हुने गरी व्यक्त अभिव्याक्तिको कारण उत्पन्न हुन सक्ने जुनसुकै परिणामको जिम्मेवारी स्वयमले लिनु पर्नेछ भनिएको छ । 

सो पत्रकार सम्मेलनमा वोल्दै नेकपा एमाले धनकुटाका सह–इन्चार्ज एवं केन्द्रिय सदस्य शकुन्तला वस्नेतले भनिन्–‘व्यक्ति गलत हुन सक्छ तर धनकुटाका सवै महिलाहरु माथि आँच पुग्ने गरी बोलिएको अभिव्यक्ति ठिक होईन ।’ नेता थापाको अभिव्यक्ति प्रति कटाक्ष गर्दै वस्नेतले भन्नि–अव हामी धनकुटाका सवै महिला विग्री सकेकै हौत ? भन्दै तत्काल नसच्चिए धनकुटाका महिला चुप लागेर नवस्ने ठोकुवा गरिन । 

जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले हामी धनकुटामा पुरुष–४, महिला ३ गरी ७ जना सांसद छौं भन्दै मन्त्रि भै सकेका कांग्रेसका नेताले बोल्ने अभिव्यक्ति आपत्ति जनक भएको बताए । उनले पुर्व मन्त्रि जस्तो मान्छेले के वोल्न हुने, के नहुने ख्यालै नगरी वोल्नु ठिक नभएको भन्दै प्रमाण पुगे कानुनी रुपमै लडेर देखाउन चुनौती दिए । पराजुलीले विना प्रमाण वोलेर सिङ्गो धनकुटा जिल्लाकै वदनामी गरिन्छ भने हामी उल्टै कानुनी रुपमा न्यायलय जान पनि पछि नपर्ने चेतावानी अध्यक्ष पराजुलीले दिए ।  

  • dhankutapress

थप