धनकुटा प्रेस सम्वाददाता
धनकुटा/ जिल्ला समन्वय समिति धनकुटामा नेतृत्व चयनको लागी नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटामा मंगलवार छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेले जिल्ला समन्वय समिति धनकुटाको प्रमुखमा निरेन तितुङ तामाङ र उप–प्रमुखमा सावित्रा राईलाई उम्मेदवार बनाएको छ । यस्तै गरी सदस्यहरुमा रविन्द्र न्यौपाने, कमलकुमारी लिम्बू, नेत्र भण्डारी, बालकुमारी रुचाल, सिता भण्डारी बराल, इन्दिरा सुब्बा याख्खा र टीकाराम दर्लामी मगर रहेका छन् ।
यता नेपाली कांग्रेसले जिल्ला समन्वय प्रमुखमा हर्क चेम्जोङ, उप–प्रमुखमा मञ्जु कार्कीलाई उम्मेदवार बनाएको छ । यस्तै सदस्यहरुमा कुशुम जोशी, डम्बर कुमारी अधिकारी, सरिता खत्री भण्डारी, बिमला राई, सुशिल कुमार मगर, सुष्मा गुरुङ र दुर्गा दर्जी रहेका छन् ।
जिल्ला समन्वय समितिको निर्वाचन आगामी २८ गते हुने मुख्य निर्वाचन अधिकृत फडिन्द्र प्रसाद पराजुलीले जानकारी दिए । धनकुटामा रहेका ७ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र उप–प्रमुख तथा उपाध्यक्ष गरि १४ जना मतदाता जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृत पराजुलीले वताए ।
धनकुटाका स्थानीय तह प्रमुख तथा अध्यक्षमा एमालेका ३ जना र कांग्रेसका ४ जना रहेका छन् । स्थानीय तह उप–प्रमुख तथा उपाध्यक्षमा एमालेका ६ जना र माओवादी केन्द्रका १ जना रहेका छन् । यसरी हेर्दा नेकपा एमालेको ९ मतले रहेको छ । गठवन्धन समेत कार्यपालिका गठनको पुर्वासन्ध्यामा कांग्रेस र माओवादी विच टुटेपछि नेपाली कांग्रेसले धनकुटामा जिल्ला समन्वयको लागी एक्लौटी मनोनयन दर्ता गराएको हो ।
नेपाली कांग्रेससंग गठवन्धन टुटेको जसपाको घोषणा ः

एता जनता समाजवादी पार्टी जिल्ला समिति धनकुटाले पत्रकार सम्मेलन गर्दै धनकुटाको हकमा नेपाली कांग्रेससंग सदाको लागी गठवन्धन टुटेको जनाएको छ ।
जनता समाजवादी पार्टी जिल्ला कार्य समिति, धनकुटाले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । जसपाका कार्यवाहक अध्यक्ष पार्वती राईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ–‘जिल्ला समन्वय प्रमुखको उम्मेदवारीमा गठवन्धनको तर्फबाट जसपाका उम्मेदवार जीवन चावालाई दिने सहमती उलंघन गरेकाले गठवनधन त्याग्ने घोषणा गरेका छौं ।’ गठवन्धनमा रहेको तत्कालिन ४ दलको सहमतीको मुल्य मान्यतालाई नेपाली कांग्रेसले कुटराघात र अपमानजनक राजनितिक वेमानी गर्दै एक्लौटी उम्मेदवार उठाएको प्रति हाम्रो पार्टीले घो भत्र्सना गर्दे खेद प्रकट गरिएको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा जसपाका जिल्ला नेताहरु जीवन चावा, डम्वर कट्वाल, गोपाल लिम्वु लगायतको उपस्थिति रहेको थियो ।
- Dhankutapress