Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको विकास र समृद्धीको लागि एकजुट हुने प्रतिवद्धता

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/नेपाली कांग्रेस धनकुटाले बुधबार दशै,तिहार,नेपाल सम्वत,छड,मंसिरे पूर्णिमा लगायत सवै चाड पर्वको अवसरमा शुभ कामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ । 

शुभकामना आदन प्रदान कार्यक्रममा वोल्ने सहभागी वक्ताहरुले धनकुटाको विकास र समृद्धीका लागी एक भई अघि वढ्न पर्नेमा जोड दिएका छन् । उनीहरुले पछिल्लो समयमा नेपाली राजनीतिमा संकृणतावाद हावी हुँदै गएकाले एकले अर्कालाई निस्तेज पार्ने दम्भ त्याग्न सके मात्र देश विकास हुने आशा व्यक्त गरे ।  

नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईको अध्यक्षतमा सम्पन्न शुभकामना आदन प्रदान कार्यक्रममा संविधान सभा सदस्य लिला सुब्बा,नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई,सल्लाहकार विकास प्रधान,पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुग, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा नेकपा एमाले धनकुटाका नेता निरेन तामांग, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, रास्वपा धनकुटाका संयोजक बालानन्द दाहाल, राप्रपा धनकुटाका उपाध्यक्ष टिका प्रसाद घिमिरे, फोनिजका प्रदेश १ का अध्यक्ष सन्तवीर लामा, नेपाल सास्कृतिक महासंघका महासचिव जोगेन्द्र (पानवाला) लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उनीरुले नेपालीहरुको मौलिक राष्ट्रि चाड पर्वहरुले सवैमा एकता र सहकार्यको वातावरण निर्माण गर्ने वताए । कार्यक्रमको उदेश्य माथि र चाड पर्वको महत्वको वारेमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रकाश पारेका थिए । शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, विभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधिको उपस्थिती रहेको थियो ।


  • Dhankutapress

थप