Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा अपडेट : एमालेका प्रमुख चिन्तन तामाङ र उप–प्रमुखमा भिमा खनालको अग्रता

  •   ४ वर्ष अघि | ३१ बैशाख २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा / धनकुटा हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।

जस अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन थिङ तामाङले १ हजार, २ सय १८ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले ८ सय ८ मत प्राप्त गरेका छन । त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल (शान्ता) ले ९ सय ३२ मत प्राप्त गरेर गरेका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले बिष्टले ८ सय ७९ मत ल्याएका छन ।

नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका ओग्दा थिङ तामाङले ५ सय १४ र कांग्रेसका अमित लो तामाङले ४ सय २९ मत प्राप्त गरेका छन् भने वडा नं २ का वडा अध्यक्षमा एमालेका चन्द्रलाल पाख्रीन तामाङले ५ सय १६ र कांग्रेसका राज कुमार राईले ४ सय २९ मत प्राप्त गरेका छन ।

चौबिसे गाउँपालिका अपडेट ः  धनकुटा जिल्लाको चौबिसे गाउंपालिका अध्यक्ष /उपाध्यक्ष दुबै पदमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेकपा एमालेका राजकुमार लिम्बुले १ हजार,१ सय १९ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० का दलबहादुर मगरले ९ सय ८४ मत प्राप्त गरेका छन ।

त्यसैगरि उपाध्यक्ष पदमा एमालेका टंकमाया पांग्मीले १ सय १०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बु ९दिवा चेम्जोङ० ले ८ सय १० मत प्राप्त गरेका छन । यसअघि नै चौविसे वडा नं १ को अध्यक्षमा नेपाली कांग्रेसका दिपक कुमार श्रेष्ठले ५ सय २७ मत ल्याएर विजयी हासिल गरि सकेका छन् । अहिले वडा नं २ र ३ को मतगणना जारी छ ,जस अनुसार वडा अध्यक्षमा नेकपा एमालेका एनोज तुम्साले ४ सय ८६ र गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का ममिन्द्र कुमार लिम्बुले ३ सय १८ मत प्राप्त गरेका छन । वडा नं ३ अध्यक्षमा नेकपा ९एमाले० का मदन तुम्साले २ सय १९ र गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का गणेश बहादुर लिम्बुले १ सय ४८ मत प्राप्त गरेका छन ।

साँगुरीगढीमा अध्यक्ष–उपाध्यक्ष दुबैमा एमालेको अग्रता ः धनकुटाको सांगुरीगढी गाउंपालिकामा मत गणना जारी छ । प्राप्त मत परिणाम अनुसार गापा अध्यक्षमा नेकपा एमालेका कुमार जंग याखाले ७ सय ८५ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका जितेन्द्र राईले ५ सय ७६ मत प्राप्त गरेका छन । उपाध्यक्षमा एमालेका मुना राईले ७ सय ८५ मत प्राप्त गरेका छन भने गठबन्घनबाट नेकपा ९माओवादी केन्द्र० का प्रेम खड्काले १ सय ७ मत प्राप्त गरेका छन ।

त्यसैगरि वडा नं १ मा एमालेका गोबिन्द लिम्बुले ३ सय ८४ र गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का गजेन्द्र लिम्बुले ३ सय ३ मत प्राप्त गरेका छन् भने वडा नं १० मा एमालेका एक बहादुर राईले ४ सय १६ र नेपाली कांग्रेसका राजु राईले २ सय ७८ मत प्राप्त गरेका छन । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं १ र १० को वडा अध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्। वडा नं १ मा गोविन्द लिम्बु सहित, प्यानलका निर्मला दर्जी, आरानमाया लिम्बू, नन्दलाल तामाङ र इन्दिरा सुब्बा याखा विजयी । यस्तै वडा नं। १० को वडा अध्यक्षमा एकबहादुर राई सहित प्यानलका बच्चे सार्की, प्रितिमाया राई, राजकुमार राई र दिपक राई  विजयी भएको निर्वाचन अधिकृत रत्नबहादुर कटुवालले जानकारी दिए । अध्यक्ष र उपाध्यक्षमा एमालेका कुमार जंङ्ग याखा र उपाध्यक्ष मुना राईले अग्रता लिएका छन् । 

पाख्रीवासमा गठवन्धनले खाता खोल्यो ः पाख्रीवास नगरपालिकाको वडा नं।१ मा गठवन्धनका उम्मेदवार भोगेन्द्र पाण्डे सहित प्यानलै विजयी भएका छन् । पाण्डेले गठवन्धनको तर्फबाट ४ सय २३ मत ल्याएर विजयी भए भने उनको निकट्तम् प्रतिद्धन्दी नेकपा एमालेका दुर्गा वहादुर थापाले २ सय ८६ मत ल्याएका थिए । 

छथरजोरपाटी अपडेट ः त्यसैगरी छथरजोरपाटी गाउँपालिकाको वडा नं.६ मा गठवन्धनका उम्मेद्धवार दिपक गुरुङले नेकपा एमालेका निलवहादुर थापालाई पराजित गर्दै वियी भएका छन् । गुरुङले ८ सय ५७ मत ल्याएका थिए भने थापाले ५ सय ५७ मत ल्याए । महालक्ष्मी नगरपालिकामा गठवन्धनले अग्रता लिइरहेको वताइएको छ ।


  • Dhankutapress

थप