धनकुटा प्रेस सम्वाददाता
जोरपाटी/धनकुटाको छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३ सय ५९ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रकी नेतृ गीता खेवा लिम्वु ४ हजार ३ सय ८७ मत सहित विजयी भएका छन । खेवा पुर्व अर्थ राज्य मन्त्री एवं माओवादी नेता हरिराज खेवाकी धर्मपत्नी हुन् । छत्र सुब्बाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्र्टी (एमाले) का उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरेका हुन् ।
अध्यक्षका प्रतिद्वन्द्वी एमालेका शेर वहादुर लिम्बुले ४ हजार, १ सय, ६४ र उपाध्यक्षका उम्मेदवार गोमा कार्कीले ३ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । छथरजोरपार्टी गाउँपालिकाको छ वटै वडाको मत गणना सम्पन्न भएको छ ।
मत परिणाम अनुसार वडा नं. १, २, ५ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नं.३ र ४ मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
- Dhankutapress