धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकाका ११ जना नेताहरुको पदोन्नती गर्दै सोमवार विभिन्न वडाका ११ जना स्थायिन नेताहरुलाई नेपाली कांग्रेस नगर कार्य समितिको सदस्यमा मनोनयन गरेको छ ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठले धनकुटा नगरपालिका वडा नं। १ का नारायण वहादुर थापा, यम वहादुर वस्नेत, ईश्वर घिमिरे वडा नं. ५ का पुनम जंग राणा वडा नं.६ का बेणु वहादुर वस्नेत, सञ्जय शाही, नविन वराल, निर्मल भण्डारी,वडा नं। ७ का राधा तिम्सिना, कुमार दाहाल र वडा नं। ९ का चन्द्र भण्डारीलाई नगर कार्य समितिको सदस्यमा मनोनयन गरेका हुन्।
नेपाली कांग्रेस धनकुटाको नगर कार्य समितिमा पदोन्नती भई मनोनयन भएका सम्पूर्ण नेता गणहरुलाई बधाई ज्ञापन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर इन्चार्ज विजय सन्तोषी राईले संगठन विस्तारमा लाग्दै नेपाली कांग्रेसलाई धनकुटा नगरमा जिताउन सवैलाई निर्देशन दिए। नगर इन्चार्ज राईले धनकुटा नगरका सवै नेताहरुको यस पटक अग्नी परिक्षा हुने र यस पटक पुरस्कार र दण्डको समेत पार्टी भित्र व्यावस्था गरिने वताए।
- dhankutapress