धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेल गर्दै पोलिटव्युरो सदस्य, केन्द्रिय सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्यहरु र जिल्ला सदस्यहरुले सामुहिक राजीनामा दिएका हुन् ।
नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हेमराज भण्डारी, केन्द्रिय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सह–सचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र र जिल्ला सदस्य सहित १ सय ५० जना धनकुटेली माओवादीले सामुहिक राजीनामा दिएका हुन् ।
भण्डारी मंसिर ४ गते हुने निर्वाचनमा संघमा आकांक्षी रहेको तर, गठबन्धनबाट तथा पार्र्टीबाट टिकट पाउने संभावना नभएपछि राजिनामा दिएका हुन् । पत्रकार सम्मेलनमा वोल्दै माओवादी नेता भण्डारीले धनकुटामा आफूहरुले शान्तीपुर्ण रिभ्युलुसन गरेर स्वतन्त्र ढंगले जनता माझ जान लागेको वताए । उनले भने–‘देश विदेशीलाई वुझाउने, नेता भ्रष्टचार गर्ने नेता मोटाउने देशमा भ्रष्टचार भयो भनेर वोल्न नपाईने भएपछि वाध्य भएर राजीनामा दिएका छौं ।’
भण्डारीले ११ दिन अघि काठमाण्डौमा गएर पार्र्टी अध्यक्ष प्रचण्डसँग राजीनामा दिएर आएको दावी गरे । आफू यतिका वर्षसम्म पार्टी भित्र दविएर वस्नु परेको पिडा धनकुटामा ओकल्दा जिल्लामा पार्टी कार्यकर्ताहरुसंग सरसल्लाह गर्दा सहयोग गरेको बताए । उनले भने ‘पार्टीमा काम गर्ने धेरै कार्यकर्तामा निराशा छाएको छ ।’
पार्टीमा न्याय र विधि विधान हराउँदै गएको छ । परिर्वतनका लागि लडेका साथीहरुको पनि भावनामा ठेस लागेको छ ।’ भण्डारीले देशको समग्र रुपान्तरण र नेपाली जनतामा आएको निरासालाई उत्साहमा बदल्नका लागि यो अभियान शुरु गरिएको समेत बताए । मोआवदाी नेतृ एवं प्रदेश सभा सदस्य कुसुम श्रेष्ठले पार्टीको केन्द्रिय समिति र प्रदेश समितिको निर्देशन मात्र आफू अघि वढ्ने वताईन । आफू लगायत पार्टीका जिल्ला स्तरका नेताहरु नेकपा माओवादी केन्द्रमा रहने पनि उनले स्पष्ट पारे ।
यसरी हेर्दा राजिनामा दिने केहि नेताले गठवन्धनमा टिकट नपाएको झोँकमा पार्टी नेता प्रचण्डलाई धम्क्याएको होकि भन्ने स्पष्ट आकंलन गर्न सकिन्छ । अर्को तर्फ एकखाले जिल्ला स्तरका राजिनामा नदिइ वसेका माओवादी नेताहरुले भने पार्टी केन्द्र वा प्रदेशले आफूहरुलाई पनि राजिनामा नदिएर गल्ती गरेको भन्दै टिप्पणी गर्ने गरेको पाइएको छ । मओवादीले कतै धनकुटामा दोहोरो खेल खेलेको त होईन ? भन्ने प्रश्न उव्जिएको छ ।
- Dhankutapress