Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा १५ जनाले जसपा छाडे

  •   ४ वर्ष अघि | २२ साउन २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सहित १५ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । 

जनता समाजवादी पार्टी प्रदेश १ सदस्य तथा धनकुटा जिल्ला उपाध्यक्ष विकास घिमिरे सहित १५ जनाले पार्टी सदस्यबाट राजीनामा दिएका हुन् । पार्टी परित्याग गर्नेहरुमा घिमिरेसहित प्रदेश सदस्य तथा धनकुटा सचिव श्रीराम रायामाझी, धनकुटा नगर अध्यक्ष दिलकुमार राई, महालक्ष्मी नगर अध्यक्ष नरेन तुम्वा, जिल्ला सचिवालय सदस्य सविन श्रेष्ठ, जिल्ला सदस्य सचिन राई, सजेन्द्र तामाङ, देबेन्द्र राई रहेका छन् ।

यस्तै धनकुटा नगर उपाध्यक्ष फडिन्द्र बस्नेत, उपसचिव राजबहादुर राई, सदस्य भुवन साम्पाङ, शुक्र बहादुर राई, धनकुटा नगर युवा संघ अध्यक्ष विष्णु कार्की, धनकुटा नगर वडा नं. १ अध्यक्ष विमल भट्टराई र वडा नं. ३ सदस्य विष्णु रसाइली रहेका छन् ।

जनता समाजवादी पार्टी विभिन्न समूहमा विभाजन हुनु र नेतृत्वमा भएको अहंताले जनताको सपना पूरा गर्न नसक्ने भएकाले राजीनामा दिनुपरेको जिल्ला उपाध्याक्ष विकास घिमिरेले बताए । हिजो नयाँ शक्ति, संघिय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएर जनता समाजवादी पार्टी बनेको भएपनि स्थानीय तहको निर्वाचनसँगै नेतृत्व पार्टीमा समस्या आएको उनले बताए । उनले तत्काल कुनै पार्टीमा जाने सोचाइ नभएको बताए । पार्टी भित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेकोले आफूहरु पार्टीमा बस्न नसकेको उनीहरुको भनाई छ ।

केन्द्रमा बाबुराम भट्टराईले पार्टी विभाजन गरेसँगै बाबुराम कै पार्टीमा जान पार्टी छोडेको चर्चा चलिरहँदा घिमिरेले त्यो कारणले पार्टी परित्याग नगरेको जिकिर गरेका छन् । उनले भट्टराईको पार्टीको कार्यदिशा आएपछि चित्त बुझेमा जान सकिने बताए ।

घिमिरे गठबन्धनको तर्फबाट धनकुटा वडा नं.३ को वडाअध्यक्ष र धनकुटा नगर अध्यक्ष दिलकुमार राई गठबन्धनको तर्फबाट धनकुटा नगर कार्यपालिका सदस्य र वडा नं. ३ सदस्य विष्णु रसाइली गठबन्धनको तर्फबाट धनकुटा नगरपालिका वडा नं. ३ को वडा सदस्यमा गएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए ।


  • Dhankutapress

थप