Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगरपालिकाको कुल वजेट ६४ करोड, ४० लाख

दोश्रो नगर सभामा असार २३ गते

  •   ४ वर्ष अघि | १४ असार २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/स्थानिय तहको निर्वाचन ०७९ वाट गठित धनकुटा नगरपालिकाको प्रथम नगरसभाले आगामी आर्थिक बर्ष २०७९÷०८० को लागि बार्षिक बजेट, निति तथा कार्यक्रम सोमवार सार्वजनिक गरेको छ । 

नगर प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिकाको नगरसभामा १ सय ३५ वुँदै आ.व.०७९÷०७८ को वार्षिक नीती, तथा कार्यक्रम प्रश्तुत् गरेका छन् । वार्षिक नीती तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यमा गुणत्मक सूधार, कृषि तथा औधोगिक उत्पादन र विकास निर्माणको कार्यलाई तिब्रता, बालबिकास कार्यक्रमलाई समेटिएको छ । त्यसैगरी मेयर कृषि पर्यटन कार्यक्रम, शहरी शासकिय क्षमता विकास कार्यक्रम, जलवायू अनुकुलन नमुना गाउँ कार्यक्रम (सिएसभी), एभोकाडो अनुशन्धान तथा सिकाई केन्द्र स्थापना लगायतका कार्यक्रम रहेका छन् । 


नगरसभामा सहभागी वडाध्यक्षहरु, एवं कार्यापालिका सदस्यहरु/सविला मोक्तान

त्यसका साथै नगर प्रमुख तामाङले स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुट कार्यक्रमलाई निरन्तरता, जनताको अपेक्षा, नगरको सुभेक्षा कार्यक्रम, फुसको छाना मुक्त घोषणा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत युवाहरुलाई आत्मनिर्भर स्ववलम्वी वनाउने कार्यक्रम, बाल मैत्री नगर घोषणा कार्यक्रम, जेष्ठ नागरिक रिफ्रसमेन्ट कार्यक्रम, साना सिचाँई कार्यक्रम, जनतासंग मेयर कार्यक्रम, कर डर होईन, नगरको विकासको भर लगायतको कार्यक्रम प्रश्तुत् गरे । सो अवसरमा नगर प्रमुख तामाङले कार्यपालिकाबाट निर्णय भएका विषयगत समितिका संयोजक एवं सदस्यहरुको जिम्मेवारी समेत सभा मार्फत सार्वजानिक गरेका छन् । नगर प्रमुख धनकुटा नगरपालिकाको दोश्रो नगरसभा आगामी असार २३ वस्ने नगर प्रमुख तामाङले  जानकारी गराएका छन् ।


त्यसैगरी सो अवसरमा आगामी आर्थिक बर्ष ०७९÷०८० को लागी धनकुटा नगरका उप–प्रमुख भिमादेवी खनालले ६४ करोड, ४० लाख, ६५ हजार रुपयाँ वरावरको वजेट सार्वजनिक गर्दै अनुमानित आय–व्यय प्रश्तुत् गरेका छन् । अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ मा ७४ करोड, ५६ लाख, २५ हजार ८ सय रुपैया बजेट विनीयोजन भएको थियो । 

कुल बजेटको आय तर्फ आन्तरिक राजश्वबाट ३ करोड, ३१ लाख, घरजग्गा रजिस्ट्रेसनबाट ७० लाख, मुल्यअभिवृद्धि करबाट १० करोड, १४ लाख, ८४ हजार, सवारी साधन करबाट ८१ लाख, २४ हजार, संघिय सरकारको शसर्त अनुदान ३१ करोड १८ लाख, संघिय सरकारको समानिकरण अनुदान १४ करोड, ७६ लाख, संघय सरकार समपुरक अनुदान १ करोड, १० लाख, प्रदेश सरकार शसर्त अनुदान ५८ लाख, ३७ हजार, प्रदेश सरकार समपुरक अनुदान पुँजिगत १ करोड र प्रदेश सरकार समानिकरण अनुदान ८० लाख, ४० हजार गरी जम्मा ६४ करोड, ४० लाख, ६५ हजार रहेको छ ।


प्रथम नगर सभामा नीति तथा कार्यक्रम प्रश्तुत् गर्दै नगर प्रमुख चिन्तन तामाङ ।

त्यसैगरी आ.व.०७९÷०८० को व्याय तर्फ साधरण खर्च १६ करोड, १२ लाख, १७ हजार, ७ सय २०, समपुरक अनुदान र अन्य साझेदारी ४ करोड, ३१ लाख, ९ हजार,भुक्तानी दायित्व १ करोड, ३ लाख, ९३ हजार, थप अनिवार्य दायित्व १ करोड, २१ लाख, ४५ हजार, संघिय सरकार शसर्त अनुदान चालु ३१ करोड, १८ लाख, संघिय सरकार समपुरक अनुदान १ करोड १० लाख, प्रदेश सरकार शसर्त अनुदान ५८ लाख, समपुरक अनुदान १ करोड, वडा स्तरिय वजेट तथा कार्यक्रमको लागी ५ करोड, ९० लाख, नगर स्तरिय वजेट तथा कार्यक्रमको लागी १ करोड, ९५ लाख, ६३ हजार, २ सय, ८० रुपयाँ सहित जम्मा ६४ करोड, ४० लाख, ६५ हजार रहेको छ । 

प्रश्तुत् वजेट तथा नीति कार्यक्रम माथि कार्यपालिका सदस्य एवम धनपा–३ बाट निर्वाचित वडाध्यक्ष विकास घिमिरे र वडा नं.१ का वडा सदस्य एवम कार्यपालिका सदस्य मनकला लङ्गवाले टिप्पणी गरेका थिए । सभामा प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

   

  • Dhankutapress

थप