धनकुटा प्रेस सम्वाददाता
काठमाण्डौं/वरिष्ठ संचार विज्ञ एवं सामाजिक अभियन्ता बिधु प्रकाश कायस्थ राष्ट्रिय जनमुक्ति पार्टीमा आइतवार प्रबेश गरेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यलय महाराजगन्जमा साउन १ गते आयोजित एक कार्यक्रममा वरिष्ठ संचार विज्ञ कायस्थलाई पार्टी संस्थापक अध्यक्ष एवं पुर्व मन्त्री एम एस थापाले पार्टी सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् । पार्टीका संघिय अध्यक्ष केपि पालुङ्वाले खदा र कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले राष्ट्रिय जनमुक्ति पार्टीको दस्तावेज हस्तान्तरण गर्दै कायस्थलाई स्वागत गरेका छन् ।
नवप्रबेशी कायस्थले अबका दिनमा नेपालको राजनितिमा वैकल्पिक शक्तिको रुपमा राष्ट्रिय जनमुक्ति पार्टी नै अगाडि आउने दावी गर्दै आफुले सकेको योगदान गर्न आफू पार्टीमा प्रवेश गरेको बताए । उनले नेपालमा सवै भन्दा पहिले संघिय गणतन्त्रात्मक शासन व्यवस्थाको परिकल्पना गरेर सक्कली पहिचान र संघियताको लागि जनमुक्ति पार्टीले लडिरहेको दावी गरे ।
उनले करिव ३ दशक भन्दा अघि देखि संघात्मक स्वशासनको लागि लडिरहेको पुरानो पार्टी भएकाले पनि आफू जनमुक्ति पार्टीमा वैचारिक र शैद्धान्तिक वहस पैरवी गर्न प्रवेश गरेको वताए । उनले राष्ट्रिय जनमुक्ति पार्टीको विचार सिद्धान्तलाई अहिलेको युवा पुस्तालाई वुझाउन सके राष्ट्रिय जनमुक्ति पार्टी आगामी चुनावमा वैकल्पिक शक्तिको रुपमा स्थापित हुने बताए । उनले ज्ञान, पहिचान, शक्ति, मुक्ति र सत्ता प्राप्तिको लागि एकात्मक राज्यसत्ता विरुद्ध आजको युवा पुस्ता लड्नु विकल्प नरहेको उद्धघोष गरेका छन् । उनले देशी विदेसी शक्तिको विरुद्ध राष्ट्रिय स्वधिनता, सार्वभौमिकता र स्वतन्त्र राष्ट्र राज्यलाई अक्षुण राख्नको लागि पनि राष्ट्रवादी देशभक्त युवाहरुको एकता राष्ट्रिय जनमुक्ति पार्टीले गर्ने स्पष्ट पारेका छन् ।
उनले आफ्नो फेसवुक स्टाटसमा लेखेका छन्–आफू संघिय पदाधिकारीको हैसियतमा पार्टी प्रवेश गरि पदस्थापन र पार्टीका संस्थापक एमएस थापाबाट पथ तथा गोपनियताको पदभार ग्रहण गरेको छु । साथै उनले प्रतिबद्धता समेत व्यक्त गर्दै नेपाल बचाऔं, नेपाल बनाऔं भन्दै सम्पूर्ण शुभचिंतकहरुमा राष्ट्रिय जनमुक्ति पार्टीमा एकाकार हुन सादर अनुरोध गरेका छन् ।
कायस्थलाई केन्द्रीय तहमा पदाधिकारीको हैसियत दिने सहमति भएको छ, संघिय अध्यक्ष केपी पालुङ्गवाले धनकुटा प्रेसलाई बताए ।
- Dhankutapress