Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

वि.पि.स्मृतीमा विविध कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/४१ औ वि.पी.स्मृती विदशको अवसरमा सोमवार धनकुटामा नेपाली कांग्रेस पार्टी र सो पार्टी निकट भातृसंगठनहरुले बृक्षारोपण लगायत विविध कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल तरुण दल धनकुटाले विद्यार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक समाग्री समेत वितरण गरेको छ भने नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस इकाई समितिले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

    नेपाली कांग्रेस धनकुटाले ओयाजना गरेको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई, विकास घिमिरे, नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य युवराज पराजुली लगायतले विभिन्न प्रजातिका विरुवाहरु रोपेका थिए ।

त्यसैगरी वि.पी. जयन्तीकै अवसरमा नेपाल तरुण दल धनकुटाले बाल पुर्नस्थापना केन्द्र श्रीपंचमी पार्क धनकुटामा रहेका बाल बालिकाहरुलाई खाद्यान्न र शैक्षिक समागं्रीहरु वितरण गरेको छ ।

    नेपाली काग्रेस धनकुटका जिल्ला सभापती दिनेश राई, जिल्ला सचिव तथा तरुण दलको विभाग प्रमुख विजय सन्तोषी राई, जिल्ला सचिव विकास घिमिरे, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत, युवराज पराजुली, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई लगायतले विपीको योगदानको वारेमा चर्चा गर्दै बाल पुर्नस्थापना केन्द्रका बाल बालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक समाग्रीहरु वितरण गरेका थिए ।

यसैगरी नेपाल तरुण दल धनकुटाले सोही अवसरमा महिला पुर्नस्थापना केन्द्र धनकुटामा रहेका विद्यार्थीहरुलाई पनि शैक्षिक समाग्रीहरु समेत वितरण गरेको छ । वि.पी. स्मृती दिवशकै अवसरमा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

सो अवसरमा स्वतन्त विद्यार्थी युनियन धनकुटा वहुमुखी क्याम्पसका उप–सभापति सुवास भण्डारी, सविच सुवास खनाल,नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष रञ्जन कार्की लगायत विद्यार्थी नेताहरुले नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका तर्फबाट धनकुटा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेका थिए ।

  • Dhankutapress

थप