Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

वर्तमान सरकारले राष्ट्रघाती काम गरेको भन्दै धनकुटामा एमालेको विरोध

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाइन सम्वाददाता 

धनकुटा/वर्तमान सरकारले राष्ट्रघाती काम गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटि धनकुटाको जनसंगठन समन्वय संयन्त्रले शुक्रवार  धनकुटा बजारमा विरोध प्रदर्शन गरेको छ । 

उनीहरुले विभिन्न प्लेकार्ड सहित नारावाजी गर्दै धनकुटा बजारको विभिन्न भागको परिक्रमा गर्दै अखण्ड भारतको नक्साको विषयमा वर्तमान सरकार निरिह र लाचारी भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले वर्तमान सरकारले चालेको अनेकौं राष्ट्रघाती कदमको विरोध गरेका छन् ।

वजार परिक्रमा गर्ने क्रममा मदनचोकमा आयोजित कोणसभालाई नेकपा एमालेका नेता एवं जनसंगठन प्रमुख शिव आङ्गलाले सम्वोधन गर्दै वर्तमान सरकारले चालेको राष्ट्रघाती कदमको भण्डाफोर गर्न विरोध प्रदर्शन आयोजना गरिएको स्पष्ट गरे । उनले भने–‘वर्तमान सरकारले रेशम चौधरीलाई दिइएको आम माफीले दण्डहिनता वढेको र कानूनी राज्यको उपहास भएको छ ।’ 

उनले विरोध प्रदर्शन राष्ट्रघाती नागरिक विधेयक प्रमाणिकरण विरुद्ध आम नागरिकलाई थाहा दिनको लागि विरोध प्रदर्शन आयोजना गरिएको थप स्पष्ट पारे । उनले भूटानी शुरणार्थी प्रकरणका भ्रष्टचारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्नेमा जोड दिए । वजारपरिक्रमा पछि धनकुटा–६ भीमनारयण चोकमा आयोजित कोणसभालाई राष्ट्रिय युवा संघ नेपाल धनकुटाका अध्यक्ष प्रविण पोख्रेलले सम्वोधन गरेका थिए । 

विरोध प्रदर्शनमा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, प्रचार विभाग प्रमुख सावित्रा राई, सचिवालय सदस्य नैन विश्वकमर्मा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

  • Dhankutapreess

थप