Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

दुई मुगालीसंग एक कुरुलेलीको धनकुटामा भिडन्त

प्रदेश सभा (क) मा ह्यावी वएट का पूर्व शान्ती मन्त्री रकम चेम्जोङको वढी चर्चा

  •   ४ वर्ष अघि | २९ असोज २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री, निवर्तमान सांसद र संविधानसभा सदस्यबीच धनकुटामा त्रिपक्षिय चुनावी भिडन्त हुने देखिएको छ। प्रदेश सभा निर्वाचनमा भने धनकुटा निर्वाचन क्षेत्र (क) का प्रदेश सभा सदस्य उम्मेदवार ह्यावी वएटका उम्मेदवार रकम चेम्जोङको वढी चर्चा हुने गरेको छ । 

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राई, थापा र भण्डारीको सबैभन्दा बढी चर्चा हुने गरेको छ। प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व आपुर्ति मन्त्री सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान संसद राजेन्द्र कुमार राई, स्वतन्त्रबाट माओवादी केन्द्रबाट विद्रोह गरेका उक्त पार्टीका पोलिटव्यूरो सदस्य हेमराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई चुनावी मैदानमा छन्।

प्रतिनिधिसभाका लागि एउटा मुख्य प्रतिस्पर्धी तीन जना रहेको धेरैको आँकलन छ। सत्ता गठबन्धनबाट थापा, एमालेका राई र स्वतन्त्रका भण्डारीको चर्चा अलि बढी रहेको छ।

थापालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ भने राई एमालेका तर्फबाट एक्लै भिड्ने तयारीमा उमेदवार बनेका छन्। भण्डारी यूवा नेता भएका र स्वतन्त्रबाट माछा चुनाव चिन्ह लिएर उठेकाले धनकुटाको राजनितिमा चर्चा चल्ने गरेको छ । 

गएको प्रतिनिधीसभाको निर्वाचनमा पनि थापा र राई प्रतिस्पर्धामा थिए। उबेला माओवादी केन्द्रमा आवद्ध रहेका भण्डारीले राईलाई सघाउँदै गाउँगाउँसम्म मत माग्दै पुगेका थिए। १० हजार बढी मतले पराजित भएका थापा यसपटक बदला लिने दाउमा त छन्। तर, ह्यावी वउेटका पुर्व शान्ती मन्त्री रकम चेम्जोङको प्रदेश सभा (क) मा उम्मेदवारी परेपछि थापा र राई मध्ये चेम्जोङले कस्लाई सघाउँछन् भन्ने आंकलनले थापाको जित यसै भन्न सकिने अवस्था छैन । यता नेकपा एमालेका राईलाई भने एमालेको साख जोगाउन पनि जीत जसरी भएपनि दोहोर्‍याउनुपर्ने दवाव छ। गत स्थानीय तहको निर्वाचनमा धनकुटा जिल्लाका ७ वटा स्थानीय तहका प्रमुखहरु मध्ये गठबन्धनले ४ स्थान र एमालेले ३ स्थानमा जीत हासिल गरेको थियो। त्यसकारण पनि एमालेलाई सहज नहुन सक्ने होकि भन्ने अनुमान धेरैको छ। २०७४ को स्थानीय तह निर्वाचनमा धनकुटामा नेकपा एमाले सबै स्थानीय तहका प्रमुख/उपप्रमुखमा एक्लौटी जितेको थियो।

गएको स्थानीय निर्वाचनमा गठबन्धनले ३७ हजार ६ सय ८२ र एमालेले ३६ हजार ३५ मत ल्याउँदा गठबन्धनको पल्ला भारि देखिएपनि अहिले गठबन्धनमा जनता समाजवादी पार्टी नेपाल नहुँदा गठबन्धनको मत घट्न सक्ने देखिन्छ भने एमालेको टिकट वितरण असन्तुष्ट रहेका कारण मत यकिन गर्न समस्या रहेको छ। 

थापा, राई र भण्डारी धनकुटाका चर्चित अनुहार हुन्। गत असोज २३ मा गते उम्मेदवारी दर्ता गरेपछि अहिले आ–आफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा उम्मेदवारहरु व्यस्त छन्। उमेदवारहरूले आफू विजयी भए धनकुटालाई विकासका कामलाई प्राथमिकता दिने घोषणा गर्दै हिँडिरहेका छन्। उनीहरुले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमूलक कामको आश्वासन दिइरहेका छन्।

चेम्जोङले चुनाब जिते प्रदेश नं.१ को मुख्य मन्त्री हुने हल्लाले वढी चर्चा 

प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा ह्यावी वएटका पुर्व शान्ती मन्त्री रकम चेम्जोङ तिन प्रतिष्पर्धि मध्ये देखिएका छन् । उनीसंग नेकपा एमालेका तर्फबाट निवर्ततमान प्रदेश सभा सदस्य निरन राई र चेम्जोङ शान्ती मन्त्री हुँदा स्वकिय सचिव भएका र हाल नेकपा एसका जिल्ला अध्यक्ष अर्जुन राईको उम्मेदवारी परेको छ । चौविसे क्षेत्रबाट ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबाट उम्मेदवार नपरेकाले पनि मन्त्री चेम्जोङ मतदाताहरु विच अलिक वढी स्थान पाउने वजारमा चर्चा छ ।

नेकपा एसका जिल्ला अध्यक्ष राईले गठवनधनको तर्फबाट उम्मेदवारी दिएका हुन् । यता प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भने एमालेका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेतृ एवं निवर्तमान प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका धनकुटा जिल्ला सचिव डम्वर वहादुर कटुवालले उम्मेदवारी दिएका छन् । तिन जना उम्मेदवार मध्ये एमालेका जिल्ला अध्यक्ष पराजुलीको जित पक्का हुने वजारमा हल्ला चल्ने गरेको छ । 

  • Dhankutapress

थप