Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पाँच दिने उद्धघोषण तालिम सम्पन्न

तालिममा सिकेको ज्ञानसीपलाई व्यवहारमा उतार्न पर्नेमा जोड

  •   ३ वर्ष अघि | ६ जेष्ठ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले आयोजना गरेको ५ दिने उद्धघोषण तालिम शुक्रवार सम्पन्न भएको छ । 

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको ५ दिने उद्धघोषण तालिममा नगरका विभिन्न वडाका ७० जना भन्दा वढी यूवायुवतीहरुले भाग लिएका थिए । 

उद्धघोषण तालिम समापन समारोहमा वोल्दै धनकुटा नगरपालिकाका उप–प्रमुख भीमादेवी खनालले भौतिक पूर्वाधारको क्षेत्रमा मात्र लगानी गरेर समाजको विकास नहुने वताए । उनले नगरवासीको व्यक्तित्व एवं क्षमता विकासको लागि उद्धघोषण, प्रस्तावना एवं प्रतिवेदन लेखन, माईनेट लेखन जस्ता तालिमले टेवा पु¥याउने भएकाले नगरपालिकाले यस क्षेत्रमा लगानी गरेको वताईन । 

तालिम समापन समारोहका प्रमुख अतिथि समेत रहेका खनालले भनिन्–‘हाम्रा नगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको लागि पनि उद्धघोषण, प्रस्तावना लेखन, प्रतिवेदन लेखन र माईन्युट लेखन जस्ता क्षमता विकास तालिम आवश्याक छ ।’ उनले चाँडै नगरका वडा तहका जनप्रतिनिधिहरुलाई पनि उद्धघोषण तालिम आयोजना गर्ने वताईन । उनले तालिममा सहभागी वडावासी यूवायुवतीहरुको संख्या हेर्दा उत्साहजनक र फलदायी रहेको औल्याएकी छन् । 

तालिमको सहजिकरण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिका सदस्य एवं रेडियो खवरपालिका मिडिया नेटवर्क प्रा.लि. धनकुटाका प्रवन्धक विदुर खवास र फोनिज प्रदेश समितिका अध्यक्ष एवं ब्लाष्ट टाईम्स दैनिक धनकुटा शाखाका सम्पर्क अधिकृत सन्तवीर लामाले सहजीकरण गरेका थिए । 

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष दालमु शेर्पाको अध्यक्षतामा सम्पन्न ५ दिने उद्धघोषण तालिममा महिला सहभागीको तर्फबाट धनपा–६ कि विनिता श्रेष्ठ र पुरुष सहभागिको तर्फबाट जिल्ला प्रहरी कार्यालय धनकटाबाट सहभागी अरुण त्रिखत्रीले ५ दिने तालिममा सिकेका ज्ञानसीपको बारेमा आफ्नो अनुभूति राखेका थिए । 

तालिम समापन समारोहमा आदिवासी  जनजाति नगर महासंघ धनकुटाका निवर्तमान अध्यक्ष रविन खड्गी, किराँत आठपहरिया समाजकी अध्यक्ष सरकुमारी आठपहरिया, किराँत याक्थुङ चुम्लुङका नेमराज लिम्वु, तामाङ घेदुङका कुल वहादुर तितुङ तामाङ, नगर महासंघका सचिव वागवीर घिसिङ, फोनिज जिल्ला शाखा धनकुटाका उपाध्यक्ष मानवी मोक्तान लगायतले तालिममा सिकेको ज्ञानसिपलाई प्रशिक्षार्थिहरुले व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए ।

तालिम समापन समारोहको संचालन ५ दिने उद्धघोषण तालिम लिएकी धनकुटा न.पा.५ कर्मिटारबाट सहभागी सीता लिम्वुले गरेकी थिईन ।  

  • Dhankutapreess

थप