Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

फोक्ल्याण्ड टापु टोल विकास संस्थाको अध्यक्षमा मनोज चाम्लिङ

  •   २ वर्ष अघि | १५ जेष्ठ २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/फोक्लयाण्ड टापु टोल विकास संस्थाको मंगलवार सम्पन्न २१ औं वार्षिक साधरणसभा तथा आमभेलाले यूवा व्यवसायी मनोज चाम्लिङ राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

फोक्ल्याण्ड टापु टोलवस्ती संगठनका अध्यक्ष शिवकुमार तिगेलाको अध्यक्षतामा सम्पन्न टोलविकास संस्थाको २१ औं साधरणसभाले उपाध्यक्षमा ज्ञानु राई, सचिवमा जोसना राई, सह–सचिव भोजराज खवास र कोषाध्यक्षमा प्रमिला राईलाई चयन गरिएको छ । फोक्ल्याण्डटापु टोल वस्ती संगठन धनकुटा नगरपालिका वडा नं.६ मा रहेको नगरको १ सय ६४ वटा टोलवस्ती संगठनहरु मध्ये सवै भन्दा कान्छो टोल विकास संस्था हो । 

नौं सदस्सीय टोल विकास संस्थाको कार्य समिति सदस्यहरुमा विचारसिं राई, संगीता मगर, प्रविन तामाङ र विमला राईलाई सर्वसम्मत चयन गरिएको छ । साधरणसभामा टोल विकास संस्थाका सचिव डम्वर खवाहाङ्गले वि.सं.०७७ साल फागुण २९ गते देखी ०८१ जेष्ठ १४ गतेसम्मको सांगठानिक प्रतिवेदन साथै २० लाख, ८८ हजार, ७ सय ७० रुपयाँ वरावराको आय र २० लाख, ८८ हजार, ६९ रुपयाँ बराबरको व्याय प्रश्तुत् गरेका थिए । 

सो अवसरमा टोलका अध्यक्ष शिवकुमार तिगेलाले माओवादी जनयुद्धकालमा गाउँमा सर्वसाधरण नागरिकलाई वस्न सक्ने वातवरण नभएपछि तत्कालिन समयमा स्वर्गिय लोकेन्द्र तिगेलाले फोक्ल्याण्डटापुमा वस्ती वसाएको इतिहाँस सुनाए । शुरुमा स्वर्गिग तिगेलाले १० जना साथीभाईलाई मिलाएर ७ घर नयाँ वस्ती बसाएका थिए । शुरुमा वस्ती वसाउँदा संस्थापक अध्यक्ष स्व.लोकेन्द्र तिगेला, स्व. अर्थलाल सुब्बा, संस्थापक सचिव सन्तवीर लामा, कमल तिगेला लगायतको योगदान उच्च रहेको छ । उनले वि.सं.०५९ सालमा धनकुटा नगरपालिकाको सामाजिक शाखामा फोक्ल्याण्डटापु टोल वस्ती संगठन दर्ता गराएका थिए । 

शुरुमा सात घरवाट वस्ती वसाउन शुरु गरिएको फोक्ल्याण्डटापु टोलमा हिजोआज भने ३९ घरधुरी पुगेको छ । टोलवस्तीमा लिम्वू, राई, तामाङ, भूजेल, खड्गी, क्षेत्री लगायतको जातिको वसोवास रहेको छ । 

  • Dhankutapress

थप