Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अशोज १ गते देखि धनकुटामा निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर हुने

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/ ‘स्वास्थ्य उपचारमा पहुँच नहुनेका लागि पहुँच’ भन्ने मुल नाराका साथ धनकुटामा हुने बृहत स्वास्थ्य शिविरको तयारी तिब्र पारिएको छ । 

अल्हवा मेडिकल मिसन अमेरिका हवाईको निःशुल्क स्वास्थ्य विशेषज्ञ सेवा तथा सल्भ नेपाल धनकुटाको सहकार्य र धनकुटा अस्पतालको विशेष पहलमा स्वास्थ्य शिविर आयोजना गर्न लागिएको वुधवार जानकारी दिइएको छ । गरिब असहाय र पहुँच विहिनहरुका लागि आगामी असोज १ देखि १२ गतेसम्म निःशुल्क वृहत शल्यक्रिया शिविरका लागि तयारी तिब्र पारिएको आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायल्स, थाईराड, गाँठागुठीको शल्यक्रिया र दाँतको उपचार गरिने मूल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए । निःशुल्क शल्यक्रिया शिविरमा ४२ जना अमेरिकन स्वास्थ्य विशेषज्ञ डा.सहित विभिन्न देशबाट आएका विशेषज्ञ डाक्टरहरुले १२ दिनसम्म सेवा दिने श्रेष्ठले बताए । 

      अल्हवा मेडिकल मिसन हवाई अमेरिकाले यस अघि नेपालमा ७ वटा शिविर सम्पन्न गरेकोमा धनकुटा मात्रै ५ वटानिःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । धनकुटा बाहेक नुवाकोट र सिराहामा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका हुन् । अल्हवा मेडिकल मिसन अमेरिका हवाईले धनकुटामा वि.स. २०६७, २०६८, २०७०, २०७२ र २०७५ सालमा निःशुलक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

जसबाट जटिल शल्यक्रिया ७ सय ४६, सामान्य शल्यक्रिया १ हजार १ सय ६८, दन्त सेवा २ हजार ३ सय ४, कृत्रिम हात ११ जना र सोलार सेट ४ जनाले सेवा पाएको आर्थिक व्यवस्थापन उपसमिति संयोजक दोर्ण गुरागाईले जानकारी दिए । उनले हालसम्म १२ हजार, ३ सय,  ९८ जनाले धनकटामा संचालित शिविरमा निःशुल्क स्वास्थ्य उपचार पाएको वताएका छन् । स्वास्थ्य शिविर सम्पन्न गर्नको लागि अल्वाहवाई मिसन हवाईका स्वास्थ्य विशेषज्ञ सर्जन केम किस्टोफर र विकास गुप्ताको नेतृत्वमा विभिन्न रोगका ४२ जना स्वास्थ्य विशेषज्ञ टोली भाद्र–३१ गते धनकुटा आई पुग्ने वताइएको छ । 

शिविर व्यवस्थापनको लागि डेड करोड भन्दा वढी खर्च लाग्ने आर्थिक व्यवस्थापन समितिका संयोजक द्रोर्ण गुरागाँईले बताए । उनले भने–सिमनमा आउने डाक्टरको टोलीलाई विराटनगरबाट धनकुटा र धनकुटा देखि विराटनगरसम्म ल्याउने लाने जिम्मा स्थानिय आयोजकले गर्नु पर्ने स्थानिय संयोजक रोशेष श्रेष्ठले बताए । उनले मिसनमा आउने डक्टरहरुको स्वागत सत्कार र अन्य स्थानिय व्यवस्थानको लागि पनि १५ देखि १८ लाख रुपयाँ खर्च हुने बताए ।  

  • Dhankutapress

थप