Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

स्थापना दिवसको अवसरमा फलफुल वितरण

दुई संचारकर्मीले गरे पत्रकार कल्याण कोषमा सहयोग

  •   ५ वर्ष अघि | १६ चैत्र २०७८, बुधबार

सुस्मिता थिङ तामाङ

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेपाल पत्रकार महासँघको ६७ औ स्थापना दिवसको अवसरमा धनकुटाका दुईजना सञ्चारकर्मीहरुले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाद्धारा स्थापित पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाका उपाध्यक्ष एवं रेडियो नेपाल धनकुटामा व्यापार अधिकृत पदमा कार्यरत देवकला कार्की र शाखाका प्रदेश पार्षद एवं कान्तिपुर दैनिकका उपसम्पादक रमेशचन्द्र अधिकारीले जनही दश हजार पाँच सय पच्पन्न रुपैया आर्थिक सहयोग प्रदान गरेका हुन् । 


स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दाता देवकला कार्कीले पत्रकारहरुको कल्याणका लागि सहयोग पुगोस भन्ने उदेश्यले सहयोग रकम प्रदान गरेको प्रतिक्रिया दिए । यसैगरि अर्का दाता एवं धनकुटाका अग्रज पत्रकार अधिकारीले पत्रकार कल्याणकारी कोष मार्फत सवै पत्रकारलाई सेवा पुग्न सकोस र थप अरुवाट पनि सहयोग रकम आउन सकोस भन्ने उद्येश्यले कोषमा आर्थिक सहयोग गरेको बताए । 


पत्रकार महासंघ धनकुटाले स्थापना दिवसको अवसरमा धनकुटा वजारको भीमनारायण चौकवाट मदन चौकसम्म प्रभातफेरी सम्पन्न गरेको थियो । प्रभातफेरी पश्चात जिल्ला अस्पताल धनकुटा र धनकुटा मोडेल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको थियो । त्यसैगरी शाखाका अ्रध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सरिता वराईली राई, प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा लगायतकाले मन्तव्य राखेका थिए । 

  • dhankutapress

थप