Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सञ्चारिका समूह धनकुटाको दोश्रो जिल्ला अधिवेशन सम्पन्न

फोनिज १ नम्वर प्रदेस समितिका सदस्य सर्मिला राई संचारिका समुहको अध्यक्षमा चयन

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/सञ्चारिका समूह धनकुटाको दोश्रो जिल्ला अधिवेशन आईतवार सम्पन्न भएको छ । 

अधिवेशनले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का १ नम्वर प्रदेश समितिका सदस्य एवं रेडियो लाली गुराँस धनकुटा हिलेकी समचार सम्पादक सर्मिला राई अध्यक्षमा चयन भएका छन् । 

सञ्चारिका समूहका केन्द्रिय अध्यक्ष विमला तुम्खेवाको प्रमुख आतिथ्यमा सम्पन्न धनकुटा जिल्लाको दोश्रो अधिवेशनको वन्द सत्रले उपाध्यक्षमा रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटामा कार्यरत निर्मला कुँवर, सचिवमा रेडियो भेडेटारमा कार्यरत आकृति राई, सह–सचिवमा रेडियो मकालुका शारादा विश्वकर्मा र कोषाध्यक्षमा चाँदनी राई चयन भएका छन् । 

१३ सदस्यीय जिल्ला कार्य समिति धनकुटाको सदस्यहरुमा अनतिा राई, बालकुमारी थापा, सृजना खुलाल, सष्टिका राई, सुनिता राई, अनुसा राई र धनकुमारी राई चयन भएका छन् । दोश्रो जिल्ला अधिवेशनको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै सञ्चारिका समूहका केन्द्रिय अध्यक्ष विमला तुम्खेवाले नेपाली पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति १५ प्रतिसत भन्दा माथि उठ्न नसकेको वताएका छन् । उनले पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुको उपस्थिति वढाउनको लागि देशव्यापी रुपमा संचारिका समूहले पुर्नजागरणको अभियान संचालन गरिरहेको वताए । 

सो अवसरमा संचारिका समूह धनकुटाका सल्लाहकार एवं आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेस समितिका अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेस समितिका उपाध्यक्ष हिमा चेम्जोङ, धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, १ नम्वर प्रदेसका निवर्तमान उपाध्यक्ष स्मिता निरौला, पत्रकार महासंघ धनकुटा शाखाका सल्लाहकार रमेशचन्द्र अधिकारी, शाखा उपाध्यक्ष एवं निवर्तमान संचारिका समूह धनकुटाका अध्यक्ष देवकला कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

धनकुटामा रहेका स्थानिय संचार माध्यमहरुमा करिव २ दर्जनको हाराहारीमा महिला पत्रकारहरु कार्यरत रहेका छन् । क्रियाशिल महिला पत्रकारहरु संस्थागत हिसावले धनकुटामा संगठित भएर अघि वढ्न नसकिरहेको अवस्था थियो । यस्तो अवस्थामा संचारिका समूहको दोश्रो जिल्ला अधिवेशनले महिला पत्रकारहरुलाई संस्थागत रुपमा संगठित भएर अघि वढ्न मद्धत पु¥याउने विश्वास गरिएको छ ।     


  • Dhnakutapress

थप