Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रेस चौतारीको साधारण सभा सम्पन्न

रुचाललाई सम्मान, सुवेदीलाई पुरस्कार

  •   ३ वर्ष अघि | १४ जेष्ठ २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/प्रेस चौतारी धनकुटाले अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शनिवार वार्षिक साधारण सभाको अवसर पारेर अग्रज पत्रकार सन्तोष रुचाललाई सम्मान र क्रियाशील पत्रकार सन्तोष सुवेदीलाई पुरस्कृत गरिएको हो ।

    सङ्गठनमा सक्रिय रहँदै पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्याएबापत पत्रकार रुचाललाई सम्मान र सङ्गठनमा रहेर सक्रिय पत्रकारिता गर्दै पेशागत र सांगठनिक हितमा योगदान गरेबापत पत्रकार सुवेदीलाई पुरस्कृत गरिएको प्रेस चौतारीका धनकुटा अध्यक्ष रविन कटेलले जानकारी दिए । सम्मानित रुचाल २२ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । रेडियो मकालु र नयाँ पत्रिका दैनिकमा कार्यरत रुचाल प्रेस चौतारीका केन्द्रिय सदस्य तथा पूर्व जिल्ला अध्यक्षसमेत हुन् ।

 यता, पत्रकार सुवेदीलाई नगद ७ हजार १ सय ११ नगदसहित ‘धनकुटा क्रियाशील पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत गरिएको हो । संगालोखबर अनलाइनमा कार्यरत सुवेदी विगत चार वर्षदेखि पत्रकारिता पेशामा सक्रिय छन् । प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, प्रदेश इन्चार्ज विक्रम लुइटेल, सहइन्चार्ज देवेन्द्र कार्की, केन्द्रिय सदस्य सन्तोष काफ्ले, प्रदेश अध्यक्ष अविजाल विष्ट, जिल्ला अध्यक्ष कटेल लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी रुचाललाई सम्मान र सुवेदीलाई पुरस्कृत गरे ।


 यसैबीच, कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारीका केन्द्रिय अध्यक्ष बस्नेतले पत्रकारको हकहित र पत्रकारिताको विकासका लागि प्रेस चौतारी सँधै अग्रपङ्तिमा रहने बताए । पत्रकार महासङ्घले जारी गरेको पत्रकार सदस्यता शुद्धिकरण मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने गरी अघि बढ्न चौतारी धनकुटा शाखालाई निर्देशन पनि दिए । प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष पाण्डेले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउँन महासङ्घभित्र सदस्यता शुद्धिकरणको खाँचो औँल्याए ।

  कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका प्रदेश इन्चार्ज लुँइटेल, सहइन्चार्ज कार्की, केन्द्रिय सदस्य द्वय काफ्ले र रुचाल, प्रदेश अध्यक्ष विष्ट, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, जिल्ला अध्यक्ष नगेन्द्र राई, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, राष्ट्रिय युवा संघका अध्यक्ष प्रविण पोख्रेल लगायतले साधारण सभा सफलताको शुभकामना दिए ।

    यसैबीच, प्रेस चौतारीका सचिव भीम मल्लले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक र कोषाध्यक्ष रविन्द्र रनपएलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभाले पत्रकार महासङ्घको सदस्यता शुद्धिकरण मापदण्ड कडाइका साथ कार्यान्वयनमा जुट्ने निर्णय पनि गरेको प्रेस चौतारीका उपाध्यक्ष विश्वराज श्रेष्ठले जानकारी दिए ।

  • Dhankutapress

थप