Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा प्लाष्टिकका फूल बिक्री वितरण गर्न प्रतिबन्ध

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा प्लास्टिक तथा कृत्रिम प्रकारका प्लाष्टिकका फूल बिक्रीमा स्थानिय प्रशासनले प्रतिवन्ध लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको समन्वयमा मंगलबार सम्पन्न सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो ।आउन लागेको नेपालीहरुको दोश्रो ठूलो राष्ट्रिय पर्व तिहारलाई लक्षित गरि त्यस प्रकारका फूलमा स्थानिय प्रशासन र पालिकाहरुको समन्वयमा प्रतिवन्ध गर्न लागिएको प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेले बताए । यसबाट सयपत्री लगायतका फूलको व्यवसायिक खेती गर्दै आएका कृषकलाई राहत पुग्ने भएको छ । फूलखेती गर्ने धनकुटाका किसानहरुले कृतिम फूलले गर्दा आफूहरुले दुःख गरेर उत्पादन गरेको सयपत्री फूल नबिकेको भन्दै स्थानिय प्रशासन समक्ष गुनासो आएपछि प्रतिवन्ध लगाउने निर्णय भएको प्रजिअ पौडेलले बताए । 

जिल्लाको प्रमुख बजारहरुमा प्लास्टिकजन्य कृत्रिम फूल भित्रिनुअघि नै सार्वजनिक सूचना जारी गरेर त्यस्ता फूल बिक्री वितरणमा रोक लगाउन लागिएको प्रमुख जिल्ला अधिकारी  पौडेलले जानकारी दिए । ‘कृत्रिम फूल बिक्री वितरणमा रोक लगाउने निर्णय भएको छ ।’ उनले भने–‘आयातित कृत्रिम फूल निरुत्साहित र स्थानीय फूल कृषकलाई राहत पु¥याउन यो निर्णय गरिएको हो ।’

स्थानिय बजारहरुमा कृत्रिम फूल बिक्री वितरणमा रोक लगाउनेबारे धनकुटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्ने प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए । उनका अनुसार, स्थानीय उत्पादनका फूलले बजार नपाउने अवस्थालाई मध्यनजर राखेर आयातीत कृत्रिम फूल विक्रि वितरणमा प्रतिवन्ध लगाउन लागिएको छ । धनकुटा नगरपालिकाले नगर प्रहरीसमेत परिचालन गरेर कृत्रिम फूल जफत गर्ने उनको भनाइ छ ।

अघिल्लो वर्षहरुमा पनि आयातित फूल बिक्री वितरण धनकुटामा रोक लगाइने निर्णय गरिए पनि कार्यान्वयनमा भने जस्तो आएको थिएन । व्यवसायीले त्यस्ता वस्तु आयात गर्नुपूर्व सूचना जारी गरिए बिक्री वितरणमा बन्देज लगाउन सहज हुने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । ‘विगतमा सूचना ढिलाइ हुँदा कार्यान्वयनमा समस्या भएको थियो ।’ उनले भने–‘कृत्रिम फूल बिक्रीमा बन्देज लगाउन उद्योग वाणिज्य संघ धनकुटाले सहयोगी भूमिका खेल्ने छ ।’ तर, ‘प्रशासनले भने साथ दिनु पर्ने हुन्छ’–उनले भने ।

  • dhankutapress

थप