Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

सहिदभूमि गाउँपालिकाको आ.व.०८१/०८२ को नीति तथा कार्यक्रम प्रश्तुत्

  •   २ महिना अघि | २६ जेष्ठ २०८१, शनिबार

पञ्चमाया तामाङ

धनकुटा/सहिदभूमि गाउँपालिका धनकुटाले आर्थिक वर्ष ०८१/०८२ को दोस्रो गाँउसभाको पाँचौ अधिवेशनबाट आगामी एक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आर्थिक विकास, पुर्वाधार निमार्ण, कृषि, पर्यटन, शिक्षा स्वास्थ्य,सडक, खानेपानीलाई मुख्य प्राथमिक्तामा राख्दै शुक्रबार गाँउपालिका अध्यक्ष मनोज राईले आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम दोस्रो गाँउसभाको पाँचौ अधिवेशन मार्फत प्रस्तुत गरेका हुन् । गाँउपालिकाले आर्थिक विकासतर्फ औषधि प्रयोजनका लागि व्यवसायिक गाँजा खेतीलाई मुख्य प्राथमिक्तामा राखेको छ ।

पालिकामा कृषि पशुपालन व्यवसायिक रुपमा विकास गर्ने, स्थानिय खोकु जातको सुन्तला खेतीलाई विस्तार गर्ने, कृषिको व्यवसायिकरण, आधुनिकीकरण, उत्पादनमा आधारित अनुदान व्यवस्था गरिने लगायतको नीति गाँउपालिकाले लिएको छ ।

पर्यटन तर्फ पर्यटकिय पुर्वाधार विकासका लागि गुरुयोजना निमार्ण, सहिदभूमि गाँउपालिकको पहिचान दिने छिन्ताङ्ग मन्दिरलाई व्यवस्थित गरिने, पाताल डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सडक तथा भ्यूटावर निमार्ण गर्ने, वडा नं १ त्रिवेणी पर्यटकीय क्षेत्रका वस्तिहरुमा होमस्टे सञ्चालनका लागि साझेदारीमा विउपुजी प्रदान गरिने ,धार्मिक पर्यछकीय स्थलहरुको सरसफाई र फोहोर मैला व्यवस्थापन गरीने नीति कार्यक्रमहरु समाबेश गरीएको छ । आधारभूत शिक्षाको हक सुनिच्चित, कक्षा १ मा भर्ना भएका सबै विद्यार्थिहरु १० वर्षमा कक्षा १० मा पुग्ने गरि विचैमा विद्यालय छाड्ने दर घटाउने, सहिदभूमि गाँउपालिकाको स्थानिय पाठयक्रम ‘सहिदभूमिको गाथा’ कार्यन्वयमा ल्याइने भएको छ ।

एक विद्यालयमा कक्षा ९ बाट प्राबिधिक तथा व्यवसायिक धारको कक्षा सञ्चालन गर्न पहल गर्ने, भौतिक पूर्वाधार निर्माण, आधारभूत कक्षा १–८ र मावि तहका विद्यार्थिहरुमा उमेर समुहगत खेलकुद कार्यक्रम संचालन गरी प्रतिभा छनौट, गाँउपालिकाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुको अभिलेख राखी पुरस्कार र प्रोत्साहनको व्यवस्था गरिने, व्यवस्थित प्रत्यक वडामा खेलमैदानको व्यवस्थापन गरिने , सहिदभूमि गााउँपालिकाको गौरवको आयोजनाहरु हिले छिन्ताङ्ग त्रिवेणी सडक, पंचकन्या सेतीचौक सफाइटार सडक, थलथले चाम्चा सप्तिङ्गटार सडक, मुलघाट त्रिवेण्ी सडक, पिप्ले जिसु राइघाट सडक लगायत सडकहरु कालोपत्रे गर्ने निति कार्यक्रम अघि सारिएको छ । जीवनका लागि स्वच्छ पानी भन्ने मूलनाराका साथ खानेपानी आयोजना सञ्चालन, स्वास्थ्य बीमा कार्यक्रममा अनुदानको व्यवस्था गर्ने, विपन्न नागरिक औषधि उपचार कोष कार्यक्रमबाट उपचार हुने गरी अस्पतालमा सिफारिसको व्यवस्था मिलाइने, आर्थिक रुपमा विपन्न तथा गरिब दिर्घरोगी पिडित अपाङ्गताहरुलाई एक पटकमा अस्पताल यातयात खर्च ५ हजार उपलब्ध गराउने लगायत लोकप्रिय नीति कार्यक्रम अघि सारिएको छ ।

नीति कार्यक्रमको प्रस्तुति पछि गाँउसभा सदस्यहरुबाट आ–आफ्नो धारणा राखिएको थियो । शुक्रबार नै गाँउसभाबाट आगामी आ.व.को नीति कार्यक्रम पारित भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताएका छन् ।

  • dhankutapress

थप