धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा जारी पाँचौ धनकुटा महोत्सवमा सनिवार साँझ सुरक्षाकर्मी र मेला हेर्न आउने दर्शक विच प्रवेशद्धारमा झडप हुँदा दर्जनौ मेला हेर्न आएका दर्शक घाइते भएका छन् ।
राष्ट्रिय कलाकार प्रमोद खरेलको प्रश्तुती हेर्न र स्कुटीको हाउजी विङ्गो खेल्न हजारौं दर्शक धनकुटा–५ मा रहेको महोत्सव आयोजना स्थल पुगेका थिए । साँझ करिव ८.३० वजेको समयमा महोत्सव स्थलमा दर्शक नआट्ने स्थिति भएको थियो । हाउजीको टिकट सकिए पछि आयोजकले सुरक्षाकर्मीलाई गेट वन्द गर्न लगाउँदा वाहिर रहेका दर्शक र सुरक्षाकर्मी विच प्रवेशद्धारमा झडपको स्थिति सृजना भएको थियो ।
मुख्य गरेर प्रवेशद्धारमा सुरक्षाकर्मी र दर्शक विच विवाद भै झडपको स्थिति सृजना हुँदा दर्शकले मुलगेट नै ठेलि दिएका थिए । मुलगेट भत्काएर महोत्सव स्थलमा वाहिरको भिड भित्र प्रवेश गरेपछि सुरक्षाकर्मीले लाठीचार्ज गरेको थियो । दोहोरा झडपको स्थिति शुरु भएपछि वालवालिका, महिला घाईते भएका थिए । डरले मान्छे भागाभाग हुँदा दर्शक घाईते भएको अनुमान गरिएको छ ।
घट्नामा परि घाइृते हुनेहरुमा धनकुटाको महालक्ष्मी घर भै हाल धनकुटा–५ स्थित् धनकुटा वोर्डिङ्गमा युकेजीमा अध्ययरत प्रकट श्रेष्ठ, प्रकटको आमा कुसुम श्रेष्ठ, मारेककटहरे घर भै धनकुटा वोर्डिङ्गमा कक्षा–६ मा अध्ययनरत श्रेया कटुवाल घाईते भएका छन् । त्यसैगरी ठेगाना नखुलेका वर्ष ११ का सुनिल लिम्वु पनि घाइते भएका छन् । अन्य घाईतेहरुमा धनकुटा–१ हिलेका विशाल तामाङ, उदिप राई, आइत राई, नन्दकुमार तामाङ, रहेका छन् । त्यसैगरी धनपा–७ का अन्सु सुवेदी, धनपा–७ सितलपाटीका विनिता लिम्वु, धनपा–५ का शान्ता योगी पनि घाइते भएका छन् ।
यता धनपा–१० घर भएका प्रेम दाहाल पनि घट्नामा परी घाइते भएका छन् । जिल्ला अस्पताल धनकुटाले दिएको जानकारीमा २४ जना घाइते भनिए पनि घाइते भएको संख्या एक्किन हुन सकेको छैन । घट्ना पछि महोत्सव स्थल, जिल्ला अस्पताल परिसर विरामी हेर्न आउने भिडले अस्तव्यस्त भएको छ । विरामीहरुलाई उपचारको लागि विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घट्नामा परि कति वालवालिका कति, जेष्ठनागरिक, कति वयस्क हताहत भए भन्ने समचार तयार पार्दासम्म एक्किन हुन सकेको छैन । घा्इते मध्य सात/आठ जनाको अवस्था गम्भिर रहेको वताइएको छ । तर, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मी राज अधिकारीले घाइतेहरुको अवस्था खतरामुक्त रहेको वताएका छन् ।
- Dhankutapress