Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

किराँत राई पत्रकार संघ धनकुटाको अध्यक्षमा सर्मिला राई

नेपालमा किराँतीहरु राण शासन काल भन्दा पहिले देखि क्रियाशिल रहेको दावी

  •   ४ वर्ष अघि | २९ भदौ २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/किरात राई पत्रकार संघ धनकुटाको ५ औं जिल्ला अधिवेशन सोमवार धनकुटामा सम्पन्न भएको छ ।

संघका निवर्तमान अध्यक्ष अजय सन्तोषी राईको अध्यक्षता तथा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्व समिति धनकुटाको अध्यक्ष सञ्जय सन्तोषी राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सर्मिला राईको अध्यक्षतामा ९ सदस्यीय संघको नयाँ कार्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा मुलुकमान राई, सचिवमा जयन्ती राई, सहसचिवमा कुसुम राई र कोषाध्यक्षमा कृष्ण कुमारी राई चयन भएका छन् । अन्य सदस्यहरुमा अनिता राई, लक्ष्मी राई, शष्टिका राई र दिपेन राई रहेका छन् । 

अधिवेशनको खुल्लासत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सञ्जय सन्तोषी राईले सञ्चार माध्यमबाट किराती पहिचान र सँस्कृतीको बारेमा आवाज बुलन्द गर्दै यो क्षेत्रमा सशक्त कलम चलाउनु पर्ने सुझाव दिए। राईले प्रदेश नं १ को नाम किरात प्रदेश राख्न दवाव दिन पनि संघको राष्ट्रिय सम्मेलन प्रदेश नं १ मै गर्न माग समेत गरेका छन् ।

त्यसैगरी कार्यक्रमका अर्का अतिथि किरात राई पत्रकार संघका पूर्व केन्द्रिय सदस्य  टकलाल राईले किरात राई पत्रकार संघको स्थापना र इतिहाँसको वारेमा जानकारी गराएका थिए ।

किरात राई पत्रकार संघ वि.सं.२०६४ सालमा गठन भएको बताउदै उनले किरातहरु सञ्चार माध्यममा भने नेपालको राणा शासन काल भन्दा अघि देखी क्रियाशिल रहदै आएको उल्लेख गरे। त्

  • Dhankutapress

थप