Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कर्मकाण्डी मात्र नबनोस वजार अनुगमन

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन हुँदै

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/दशै, तिहार लगायत चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासन धनकुटाले बजारमा दैनिक उपभोग्य खाद्य सामाग्रीहरुलाई लक्षित गरेर अनुगमनलाई तिब्रता दिएको छ । 

जिल्ला प्रशासन कार्यालाय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिनज कार्यलाय, घरेलु तथा साना उद्योग कार्यलय धनकुटा र राष्ट्रिय उपभोक्त मञ्च धनकुटा तथा स्थानिय संचारकर्मी, नेपाल प्रहरी सहितको टोलीले संयुक्त रुपमा धनकुटामा सोमवार देखि अनुगमनलाई तीब्रता दिएका हुन् ।  

अनुगमन टोलीले विशेष गरेर खाद्यान्नका थोक तथा खुद्रा पसलमा अनुगमन गर्न सुरु गरेको हो । सो क्रममा अनुगमन टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिको जोरपाटि बजार र पाख्रिवास नगरपालिकाको पाख्रिवास बजारका खुद्र तथा थोक किराना पसल अनुगमन गरेको छ । 


ती बजारमा रहेका एक  दर्जन भन्दा बढी खुद्रा तथा थोक किराना पसलहरुमा अनुगमन गरी म्याद गुज्रिएका दैनिक उपभोग्य खाद्यबस्तु नष्ट गरीएको छ । उक्त म्याद गुज्रेका दैनिक उपभोग्य खाद्यबस्तुहरु जफत गरी स्थानिय जनप्रतिनिधि, प्रहरीको रोहबरमा आगो लगाई नष्ट गरीएको हो । 

त्यस्तै अनुगमनका क्रममा उक्त पसलहरुलाइ म्याद गुज्रेका दैनिक उपभोग्य खाद्यबस्तु आगामी दिनमा नवेच्न सुझाव तथा चेतवनी समेत दिइएको जिल्ला प्रशासन कार्यलयका प्रमुख प्रशासकिय अधिकृत अंकित मग्रातीले बताए । 

यसअघि टोलिले धनकुटाको सिधुवा बजारमा समेत अनुगमन गरेको थियो । स्थानिय प्रशासनले धनकुटाका अन्य बजारमा पनि अनुगमन गरि म्याद गुज्रेका सामान नष्ट गर्ने जनाएको छ ।

  • Dhankutapress

थप