धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको आठौं वार्षिक साधरणसभा सोमवार सम्पन्न भएको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा वत्ति वालेर जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको आठौं वार्षिक साधरणसभाको समुद्धघाटन गरे । साधरणसभाको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै नगर प्रमुख तामाङले भने–‘जेष्ठ नागरिक जिल्ला संघ धनकुटामा नेतृत्वले निस्वार्थ भावानाले काम गरिरहेको मैले पाएको छु ।’ उनले संस्थाको उन्नति प्रगति हुनु भनेको संस्थामा नेतृत्वले राम्रो काम गर्नु हो भन्दै टिप्पणी गरे ।
सो अवसरमा नगर प्रमुख तामाङ भने–’नगर क्षेत्रका जेष्ठ नागरिकहरुलाई विरामी पर्दा अस्पताल लान–ल्याउनको लागि नगरपालिकाले एम्वुलेन्स सेवा निःशुल्क उपलव्ध गराएको छु ।’ तामाङले–‘जेष्ठ नागरिकहरुको लागि हाल धनकुटामा संचालनमा रहेको दिवा सेवा कार्यक्रम स्वास्थ्यको दृष्ट्रिकोणले प्रभावकारी रहेको आफूले पाएको छु ।’ उनले धनकुटा नगरपालिकाको तर्फबाट धनकुटाका जेष्ठ नागरिकहरुलाई सो कार्य संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
ब्लाष्टकर्मी लामा लगायत आधा दर्जन भन्दा वढीलाई दोसल्ला ओढाएर सम्मान :
जेष्ठ नागरिक जिल्ला संघ धनकुटाले संस्थाको आठौं स्थापना दिवशको अवसर पारेर ब्लाष्टकर्मी सन्तवीर लामा सहित आधा दर्जन भन्दा वढीलाई सम्मान गरेको छ । धनकुटामा रहेर जेष्ठ नागरिकहरुको गतिविधिहरुलाई संचार माध्यामबाट प्रचार–प्रसार गरेर टेवा पु¥याएको भन्दै वार्षिक साधरणसभाको अवसर पारेर लामालाई दोसल्ला ओडाएर सम्मान गरिएको संघका अध्यक्ष रामवहादुर श्रेष्ठले बताए । उनले आगामी दिनमा पनि जेष्ठ नागरिकहरुको हितमा संचारकर्मी लामाले निरन्तर प्रचार–प्रसारमा कलमको माध्यामबाट सहयोग पु¥याउने आशा व्यक्त गरे ।
त्यसैगरी धनकुटा–७ का दुर्गा न्यौपानेले जेष्ठ नागरिक जिल्ला संघ धनकुटालाई १० हजार भन्दा वढी सहयोग गरेको भन्दै उनलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । त्यस्तै जेष्ठ नागरिक संघका उपाध्यक्ष वर्ष ७८ का कुलवहादुर तितुङ तामाङलाई पनि लामो समय देखि संस्थामा वसेर इमान्दारपुर्वक काम गरेको भन्दै दोसल्ला ओडाएर सम्मान गरिएको छ । उमेरले ८० वर्ष काटेका डम्वर कुमारी सुवेदी, अम्बिका ढुङ्गेल र मूना श्रेष्ठलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
त्यसैगरी जिल्लाको सातै वटै स्थानिय तह मध्ये जेष्ठ नागरिकहरुको हितमा उत्कृष्ठ काम गरेको भन्दै धनकुटा नगरपालिका जेष्ठ नागरिक संघ नगर समितिलाई नगद सहित प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको छ । नगर समितिका अध्यक्ष पृर्थसिंह दाहाललाई नगर क्षेत्रमा जेष्ठ नागरिकहरुको हितमा राम्रो काम गरेको भन्दै नगदसहित सम्मान गरिएको हो । त्यसैगरी नगर भित्रको १० वटै वडा मध्ये धनपा–१ जेष्ठ नागरिक संघ वडा समितिका अध्यक्ष सीताराम थिङ तामाङलाई पनि नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
साधरणसभामा संस्थाका अध्यक्ष रामवहादुर श्रेष्ठले संघले वर्षभरी संचालन गरेको विविध गतिविधिहरु समेटिएको सांगठानिक प्रगति प्रतिवेदन वाचन गरेर सुनाएका थिए । त्यसैगरी संस्थाकि कोषाध्यक्ष सीता श्रेष्ठ प्रधानले आ.व.०७८/०७९ को १४ लाख, ३० हजार, १ सय ८ रुपयाँ, ६४ पैसा वरावरको आयव्यय प्रश्तुत् गरेकी छन् । उनले अघिल्लो वर्षको अल्या १२ लाख, ३४ हजार, ८ सय, ३२ रुपयाँ रहेको वताएकी छन् ।
जस अन्तर्गत आ.व.०७८/०७९ मा संस्थालाई प्राप्ती भएको र भूक्तानि भएको २७ लाख, ६५ हजार, ७१ रुपयाँ वरावरको आय व्याय प्रश्तुत् गरेकी छन् । सो अवसरमा उनले चालु आ.व.मा संघिय सरकारको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट ३० लाख रुपयाँ अनुदान सहयाग आएको बताए । उनले सो रकमले जेष्ठ नागरिक संघको तला थप लगायतको काम भैरहेको वताईन ।
जेष्ठ नागरिक संघ नगर समिति धनकुटाका अध्यक्ष पृर्थ सिंह दाहालले इमान्दारिता, लगनसिलता, झुजारुपनको कारण हामी सम्मानित भएका छौं भन्दै जेष्ठ नागरिक जिल्ला संघ धनकुटालाई धन्यवाद् दिए । संघका जिल्ला अध्यक्ष रामवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न आठौं साधरणसभाको उद्धघाटन सत्रमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेशका अध्यक्ष एवं ब्लाष्ट टाईम्स दैनिकका सम्पर्क अधिकृत सन्तवीर लामा, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, शंकर दाहाल, इन्द्रवहादुर श्रेष्ठ, सुदर्शन घिमिरे, पृर्थसिंह दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन संघका सचिव कृष्ण भागवत श्रेष्ठले गरेका थिए /
फोटो फिचर :



- Dhankutapress