Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जेष्ठ नागरिक चौतारीको अबसान

  •   ५ वर्ष अघि | १४ फाल्गुन २०७८, शनिबार

सन्तवीर लामा

धनकुटा/धनकुटा नगरपालिका वडा नं. ७ घर भएका पूर्ण प्रसाद गुरागाँईको फागुण ४ गते ०७४ वर्षमा उमेरमा दुःखद निधन भएको छ । उनलाई लामो समय देखी दमको रोगले च्यापेका थियो । 

उनको आज (आईतवार) १२ औं पुन्य तिथिमा हिन्दु परम्परानुसार आफ्नै निवास धनकुटा–७ हुलाकटोलमा सुद्धिकार्य हुँदैछ । उनको निधनसंगै यहाँका जेष्ठ नागरिकहरु भने  बिलौना पोखिरहेका छन् । उनीहरु भन्छन्–‘बसीबियालो गरी गफगाफ गरी दिन कटाउने, घाम ताप्ने चौतारी थियो, गुरागाँईको घर, अब त्यो चौतारी कसरी थाम्ने भन्ने हामीलाई चिन्ता लागी रहेकोछ ।’ अहिले उनीहरु यसरी गुरागाँईको दुःखद निधन प्रति विलौना पोखिरहेका छन् । 

उमेरले केही कान्छा भए पनि सवै भन्दा नजिकका साथीको रुपमा रहेका नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राईले भने–‘गुरागाँईको निधनले धनकुटा वजारमा रहेका जेष्ठ नागरिकहरुलाई अभिभावक गुमाएको पिडा भैरहेको छ ।’ उनी भन्छन्– मेरो सवै भन्दा नजिका साथी थिए उनी । उनीसंग मेरो धेरै उठवस भयो, उनले सरकारी सेवामा धेरै काम गरे । उनी व्रम्हण समाज र विश्व हिन्दु महासंघ धनकुटाका कोषाध्यक्ष समेत रहेका थिए । गुरागाँईको घर जेष्ठ नागरिकहरुको लागी विश्राम गरेर आराम गर्ने चौतारी थियो । त्यो चौतारी अब कसरी थाम्ने भन्ने हामीलाई लागी रहेको नेता राईले भने । 


धनकुटा न.पा.–३ घर भएका पेशाले महिला स्वयसेविका भएर काम गरिरहेका सावित्रा वाग्लेले भनिन्–आफू जहिले काम विशेषले वजारमा यताउता गर्दा वुढापाकाहरु गुरागाँईका वरीपरी गफ गरेर वस्थे । अब त्यो दृश्य देख्न नपाईने भयो भन्दै उनले थपिन–‘स्वर्गिय गरागाँईको स्मरण शक्ति अत्यान्त्यै तेज रहेको थियो । एक पटक फोन गरेपछि जीबन भर नम्वर नविर्सने खाल्को उनको दिमाग थियो ।’ उनले एक पटक देखेको र बोलेको मान्छे बर्षौ पछि भेट हुँदा पनि नबिर्सने खाल्को स्वभाव थियो । त्यैसैगरी नेपाली कांग्रेसकी नेतृ टिका भण्डारीले भनिन–‘स्वर्गिय गुरागाँई सामाजिक व्यक्तित्व,सकरात्मक सोँचका धनि,आफू शारिरिक रुपमा अशक्त भए पनि सधै उर्जाशिल र मानसिक रुपमा सक्षम रहेका थिए ।’ 

उनको जन्म २००४ भाद्र ३१ गतेका दिन धनकुटाको कचिडेमा भएको थियो । बि.स. २०२३ सालमा जिल्ला अस्पताल धनकुटामा भान्सेको जागिरबाट उनले सरकारी सेवा शुरु गरेका थिए । उनले केही समय भान्सेका जागिर खाएपछि बैदार, मुखिया, खरिदार, लेखापाल हुँदै २०६२ सालमा अधिकृतको जागीरबाट सेवानिर्बित्त भएका थिए । उनले ३६ बर्षसम्म स्वास्थ सेवामा काम गरेका थिए । उनले वि.सं.२०३२ सालमा साविकको धनकुटा–३ कचिडेबाट धनकुटा–७ हुलाकटोलमा आएर बसोवास थालेका थिए ।

उनले केही समय जागिरसंगै घर भाडामा वसेका थिए भने वि.सं.२०३५ सालमा धनकुटा बजारमा घर बनाइ परिवारसंग आफ्नै घरमा बस्न थालेका थिए । जन्मदै अपांग भएर जन्मिएका उनले बाल्यकालमा गरिबीको कारण खासै पढ्न पाएन्न । खुट्टा छोटो तथा बाङो भएको कारण गहकिलो काम गर्न नसक्ने, पछि जागिरको शिलशिलामा वि.सं.२०५५ साल काठमाडौ जाँदा लडेर खुट्टा भाँचिएको थियो । त्यसपछि उनी बैसाखीको साहाराले सामान्य भित्र बाहिर गरे पनि लामो समय देखी उनले ह्लिचियर प्रयोग गर्दै आएका थिए । मृत्यु बरण हुनु पुर्वसम्म उनी ह्विल चियर मै जीवन यापन गरिरहेका थिए । उनी कसैको साहारा विना हिड्न सक्दैन्न थिए । 

उनको एक श्रीमती, १ छोरा, वुहारी, छोरी २ र नातिहरु २ जना रहेका छन् । स्वर्गिय गुरार्गाँइका १ मात्र छोरा सुमन गुरागाँई राष्ट्रिय समचार समितिका धनकुटा समवाददाताको रुपमा काम गरिरहेका छन् । आज बाह्रौ दिनको पून्य तिथिको अबसरमा स्वर्गिय गुरागाँई प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै मृतआत्माको चिरशान्तीको कामना गर्दछु भने शोक सन्तप्त परिवारजन प्रति धर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै 

  • dhankutapress

थप