Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

एक दिने कृषि प्रदर्शनी मेला धनकुटाको डाँडावजारमा सम्पन्न

निर्वाहमूखी र परम्परागत कृषि प्रणालीले किसानको जीवनस्तर नउठ्ने

  •   ४ वर्ष अघि | २७ कार्तिक २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटाको डाँडा वजारमा संचालन भएको एक दिने वृहत कृषि प्रदर्शनी मेला सनिवार सम्पन्न भएको छ ।

साँगुरीगढी गाउँपालिकाको डाँडाबजारमा वृहत कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो । साँगुरीगढी गाउँपालिका वडा नंं ५ कार्यालयको आयोजनामा वृहत  कृषि मेलाको आयोजना गरिएको हो । निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेतीमा रुपान्तरण गर्नका लागि कृषकलाई प्ररित गर्नका लागि कृषि मेला आयोजना गरिएको वडा नं.५ का अध्यक्ष खड्ग थेगिम लिम्बूले वताए ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईको प्रमुख आतिथ्यमा सम्पन्न वृहत कृषि मेला प्रदर्शनीमा वोल्ने वक्ताहरुले निर्वाहमूखी र परम्परागत कृषि प्रणालीले किसानको जीवन स्तर नउठ्ने ठोकुवा गरेका छन् । उनीहरुले अवको कृषि क्रान्ति भनेको जबसम्म यान्त्रिकरण गर्न सकिन्दैन तवसम्म कृषि क्षेत्रमा आमूल परिवर्तन पनि नसकिने र किसानहरुलाई आत्मनिर्भर वनाउन पनि नसकिने वताए । गाउँपालिका अध्यक्ष रुम्दालीले भने–यस्ता खाले कृषि मेलाले गाउँगाउँमा खेतिपाती गरेर विविकापार्जन गरिहेका किसान दाजुभाई तथा दिदिवहिनीहरुलाई प्रोत्साहन मिल्ने वताए । उनले कृषि मेलालाई आगामी दिनमा पनि निरन्तरता दिन वडा कार्यालयलाई आग्रह गरे ।

 कृषकको उत्पादनलाई विभिन्न विधामा राखेर पुरस्कारको लागि मूल्यांकन गरिएको थियो । कृषि उपजका विधाहरुमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन बालीलाई छुट्टाछुट्टै रुपमा प्रदर्शनीमा थियो । प्रदर्शनीमा राखिएका कृषि सामग्रीको मुल्यांकन गरि प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई पुरस्कृत गरिएको थियो । कृषि मेलाको उद्घघाटन साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गरेका थिए । 

गाउँ विकास कार्यक्रम सामुदायिक विकास कोषको समेत सथानिय व्यवस्थानमा सम्पन्न भएको कृषि मेला प्रदर्शनीमा तरकारी बाली १ सय ५२ प्रजाति, फफूल ५० प्रजाति, अन्नबाली १९ प्रजाति, मसला बाली २१ प्रजाति र दलहन बाली १६ प्रजातिका बालीहरु राखिएको थियो । गाउँ विकास कार्यक्रमका संयोजक भिमशंकर काफ्ले कृषि मेला प्रदर्शनीमा वडा भित्रका २ सय ५८ विभिन्न प्रजातिका ५ समुहका बालीहरु कृषकहरुले ल्याएको कृषि उपजका वस्तुहरु राखिएको वताए । कृषि प्रदर्शनीमा राखिएका उत्कृष्ठ कृषि उपजका वस्तुहरु ल्याएर सहभागिता जनाउने कृषिकहरुलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो । 

प्रमाण पत्र सहित पुरस्कृत हुनेहरुमा अन्नवाली तर्फ प्रथम हुने सोवितमान देवान, दोश्रो हुने डिल्लिश्वर विश्वकर्मा, तेश्रो हुने दीलकुमारी लिम्वु र सान्तवना सीता घिमिरे रहेका छन् । त्यसैगरी तरकारी वाली तर्फ रामकुमारी राई प्रथम, लालमाया लिम्वु दोश्रो, सीता लिम्वु तेश्रो र नरवीर वि.क.ले सान्तवना पुरस्कार पाएका छन् । मसला वाली तर्फ विक्रिम लिम्वु प्रथम, रामकुमार याखा दोश्रो, दीपा राई तेश्रो र ताराहाङ लिम्वुले सान्तवना पाएका छन् ।

दलहन वाली तर्फ भद्रिका लिम्वु प्रथम, कविराज लिम्वु दोश्रो, खेमराज लिम्वु तेश्रो र नर्वदा लिम्वुले सान्तवना पुरस्कार पाएका छन् । त्यसैगरी फलफूल बाली तर्फ तारामाया याखा प्रथम, भीमराज लिम्वु दोश्रो, माला याखा तेश्रो र नरमाया लिम्वुले सान्तवना पुस्कार पाएका छन् । पुरस्कृत हुनेहरुलाई गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले नगद सहित प्रमाणपत्र प्रदान गरेका छन् । हरेक विद्यामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई जनही १५  सय, १२ सय, ८ सय र ५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगितामा सहभागी साविकको ९ वटै वडाबाट सहभागी प्रतियोगितामा सामेल नभएका उत्कृष्ठ २३ जना कृषकहरुलाई पनि सो कार्यक्रममा नगद १ हजार, ५ सयका दरले पुरस्कृत गरिएको थियो । वितरण  गरिएको नगद पुरस्कारमा अनविार्य १३ प्रतिसत भ्याट कट्टा गरिएको आयोजकले जनाएको छ ।  


  • Dhankutapress

थप