Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा २० औँ राष्ट्रिय धान दिवस मनाइयो

असार–१५ वित्दा पनि ७ प्रतिस मात्र रोपाई भयो

  •   ३ वर्ष अघि | १५ असार २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं. ६ मा २० औँ राष्ट्रिय धान दिवस २०८० शुक्रवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

धनकुटा नगरपालिका कृषि शाखाको आयोजना र कृषि पर्यटन प्रवद्र्धनमा महिला अभियान धनकुटा न.पा.–६ को सहकार्यमा राष्ट्रिय धान दिवशको अवसर पारेर रोपाँई तथा शुभकामना आनदप्रदान कार्यक्रम धनकुटामा मनाइएको हो । 

‘जलबायु अनुकुलित कृषि मैत्री, प्रविधि धान उत्पादनमा वृद्धि’ भन्ने मुल नाराको साथ धनकुटामा विविध कार्यक्रमको आयोजना गरेर राष्ट्रिय धान दिवश मनाइएको छ । धनकुटा न.पा.–६ पात्ले खोलामा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा रोपाँई कार्यक्रम सम्पन्न भएको छ । सो रोपाई एवं शुभकामना आदन प्रदान कार्यक्रममा जिल्ला समन्वय प्रमुख निरेन तामाङ, महालक्ष्मी नगरपालिकाका पुर्व नगर प्रमुख परशुराम नेपाल, धनकुटा नगरपालिकाकी उप–प्रमुख भीमा खनाल,कृषि पर्यटन प्रवद्र्धनमा महिला अभियान धनकुटा न.पा.–६ की अध्यक्ष तारा तितुङ तामाङ लगायतले भाग लिएका थिए । 

धनकुटा नगरपालिका कृषि शाखाका प्रमुख भक्तमान राईका अनसार धनकुटा नगरपालिकाको विभिन्न वडामा राष्ट्रिय धान दिवश मनाइएका बताए । राईले धनकुटा नगरपालिकाको वडा नं.६ अन्तरर्गत पाङ्गसिङ्ग टोलमा गणेश कृषक समूहको आयोजनामा राष्ट्रिय धान दिवश मनाइएको बताए । धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष मिलन नेवाःखड्गीको आतिथ्यमा पाङ्गसिङ्ग टोलमा राष्ट्रिय धान दिवश मनाईएको हो ।

धान नेपाली जनताको प्रमुख खाद्यान्न हो । नेपालमा सयौं प्रजातिका धान पाइन्छन् । धनको संरक्षण गर्ने र धानखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा रोपाइ गरी धान दिवस मनाउन थालिएको हो धनकुटा नगरका कृषि शाखा  प्रमुख भक्तमान राईले बताए । कृषिमा आधुनिक उपकरणको प्रयोग गर्न सहज हुनुको साथै कृषि उत्पादनमा वृद्धि हुने समेत धनकुटा कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र रानाले बताएका छन् । 

२० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव धनकुटाको साँगुरीगढी गाउँपालिकाले मनाएको छ । दिवसका अवसरमा गाउँपालिकाले हिलोमा महिला र पुरुष छुट्टाछुट्टै दौड प्रतियोगिता र खेतमा धान रोपाई पछि दही चिउरा खाएर मनाइएको हो । साँगुरीगढी गाउँपालिका–१ कुशेटारमा ‘कृषि नै जीवनको मुल आधार, जलवायु अनुकुलित कृषक मैत्री प्रविधी, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइएको थियो । 


धान रोपाई र पुरुष दौड प्रतियोगितामा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई पनि सहभागि भएका थिए र उनले देशमा खाद्यान्नमा परनिर्भरता बढदै गएको प्रति चिन्ता ब्यक्त गर्दै देशको श्रम शक्ति बिदेशिएका र मल सिंचाईको असुबिधाले धान लगायतका अन्न बालीहरुको उत्पादनमा ह्रास आउदै गएकोले बेलैमा सचेत हुनुपर्ने बताए । उनले परम्परागत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनु पर्ने मा जोड दिए । 

यसैबिच धान दिवस मनाइरहँदा धनकुटा जिल्लामा हालसम्म ५ प्रतिशत मात्रै रोपाईँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफल मध्ये ३ सय ९७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । खडेरीको कारणले यो पटक असार १५ गतेसम्म आइपुग्दा पनि कम रोपाईँ भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी सुरज खनालले जानकारी दिए । 

  • Dhankutapress

थप