Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जंगली च्याउले आमा, छोराको ज्यान लियो

शुरुमा च्याउ खाएर हामी विरामी प¥यौ भनेन्न–डा.अमिताभ

  •   ३ वर्ष अघि | २० जेष्ठ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.१ घर भएकी वर्ष ४० कि मुना राईको विषादी जंगली च्याउको सेवन गरेको कारण विरामी परेपछि उपचारको क्रममा मृत्यु भएको छ । उनीसंगै उनका ट बर्षिया छोरा सचिनको पनि उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रवार राती मृत्यु भएको छ ।  

घट्ना जेष्ठ १५ गते सोमवार वेलुकीको थियो । छिमेकीले जंगलवबाट ल्याएको विषाक्त च्याउ पकाएर खाएपछि मृतक मुना सहित उनका श्रीमान वर्ष ३९ का एमजित राई र ६ वर्षका छोरा सचिन राई सोहि दिन वेलुकी देखि विरामी परेका थिए । च्याउ खाएर विरामी परेका मुना राईका परिवार जेष्ठ १६ गते मंगलवार विहान उपचारको लागि जिल्ला अस्पताल धनुकटा आईपुगेका थिए । चार जनाको परिवार रहेको मुनाकी २ वर्षकी कान्छी छोरी भने सकुसल रहेकी छिन ।

विषालु जंगली च्याउ सेवन गरेका कारण मुनाका श्रीमान वर्ष ३९ का एमजित राईको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अकस्मिक कक्षमा उपचार भैरहेको उनको आफन्त अमृत राईले बताए । तिनै जनाको जेष्ठ १६ गते देखि १९ गते विहानसम्म जिल्ला अस्पताल धनकुटामा उपचार गरिएको एमजितका आफन्त अमृत राईले बताएका छन् । छ वर्षिया नावालक सचिनलाई भने १८ गते साँझमा मात्र जिल्ला अस्पताल धनकुटाबाट थप उपचारको लागि धरान रेफर गरिएको राईले वताए । 

मृतक मुना र उनका श्रीमान एमजित राईलाई भने जेष्ठ १९ गते विहान थप उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान धनकुटा अस्पतालले रेफर गरेको थियो । मुना राईको उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लादै गर्दा अस्पतालमा पुग्नै नपाई बाटैमा शुक्रवार विहान करिव १० वजे भेडेटार मुनिको जंगलमा मृत्यु भएको उनको आफन्तले बताए । 

विषाक्त जंगली च्याउ सेवन गरेको कारण छ वर्षिया बालकको त मृत्यु भयो नै आमा मुनाको पनि मृत्यु भएको छ । श्रीमान एमजीत भने खतरामुक्त अवस्थामा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एमजेन्सी कक्षमा उपचार भैरहेको छ । श्रीमान एमजितको स्वास्थ्य अवस्था भने सुधारउन्मुख र खतरामुक्त रहेको उनको आफन्त अमृतले बताएका छन् । उनले मृतक आमा छोराको सव वुवा एमजीतको स्वास्थ्य अवस्था ठिक नहुन्जेलसम्म विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मै सवगृहमा राखिने बताए । 

सो विषयमा जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेन्डेण्डेन्ट डा. अमिताभ ठाकुरसंग च्याउ खाएर विरामी परेकाहरुलाई रेफर गर्न ढिलाई भएको हो कि भनेर ब्लाष्टले जिज्ञासा राख्दा त्यस्तो नभएको बताए । उनले बच्चाको अवस्था अस्पताल ल्याउँनु भन्दा पहिले नै सिकिस्त रहेको बताए । 

विरामी के कारणले गर्दा भएको भन्ने तथ्य उपचारमा खटिएका डाक्टरलाई शुरुमा थाहा नदिएको उनले बताए । अस्पताल आउँदा झाडापखाला मात्र लागेको जानकारी शुरुमा भएको थियो । जब उपचारको क्रममा १६ गते साँझ मात्र च्याउ खाएर विरामी भएको जानकारी डाक्टरले पाएको हुँदा उपचारमा केहि ढिलाई भएको भने स्वीकारे । ‘विरामीहरुले कति मात्रामा च्याउ खाए ? कस्तो च्याउ खाए भन्ने शुरुमा उपचारमा खट्ने डाक्टरलाई थाहा भएको भए सोहि अनरुपको उपचार हुन्थ्यो’–उनले थपे ।   

  • Dhankutapress

थप