Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

रामलिहाङ्ग, रिदमाहाङ र साकेला पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/किराँत राई यायोखाको ३६ औं स्थापना दिवशको अवसर पारेर जिल्ला कार्य समिति धनकुटाले सोमवार वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। 

धनकुटा नगरपालिका वडा नं.६ राई कुवा टोलमा रहेको साकेलापार्कमा किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाले स्थापना दिवशको अवसरमा शुभकामना आदन प्रदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेकोे हो ।

जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष उद्धवमणी राईकानुसार स्थापना दिवशको अवसरमा धनपा–६ राई कुवा टोल स्थित् सोकलाथानमा पुजाआजा साथै विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गरिएको छ । त्यसका साथै स्थापना दिवशको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम समेत आयोजना गरिएको छ । वृक्षारोपण तथा शुभकामना आदन प्रदान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष संजय सन्तोषी राई, पुर्व अध्यक्ष पार्वती राई लगायतको सहभागिता रहेको थियो । 

त्यसैगरी किराँत आठपहरिय समाज धनकुटाको आयोजनामा मंगलवार धनकुटा न.पा. वडा नं.७ चुलिवन पार्कमा विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गरिएको छ । समाजका केन्द्रिय अध्यक्ष सरकुमारी आठपहरियाका अनुसार चुलिवनमा रहेको रिदमाहाङ–रामलिहाङ पार्क र आसपासको क्षेत्रलाई सरसफाई गर्नुको साथै वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा समाजका अगुवाहरु, सामाजिक संघसंस्थाको प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  


  • Dhankutapress

थप