धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र , नेपाल धनकुटाले जिल्लामा जल, जमिन, जंगलसंग सम्वन्धीत सातौं चरणको ४ वटा विवादमा द्वन्द्व रुपान्तरण भै कार्यान्वयन भएको जनाएको छ ।
प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण कार्यक्रम सातौं चरण शान्तिको लागि संगसंगै कार्यक्रम जिल्ला समन्वय समिति धनकुटा र केन्द्रको सोमवार सम्पन्न बार्षिक वैठक तथा समिक्षामा यस्तो जानकारी दिइएको हो ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न बार्षिक बैठक तथा समिक्षामा केन्द्रका राष्ट्रिय श्रोत व्यक्ति बालकृष्ण सुवेदीले सातौं चरणमा बहुसरोकारवाला (जल, जमिन, जंगल) संग सम्वन्धीत बिबादमा ४ वटा द्वन्द्व रुपान्तरण भै कार्यान्वयनमा रहेको बताएका छन् । प्राकृतिक श्रोतसंग सम्वन्धीत ५ वटा मध्ये १ वटा प्रक्रियामा अल्झेर रहेको पनि सुवेदीले स्पष्ट पारेका छन् ।
हालसम्म जिल्लामा प्रक्रियाबाट सहमति भई सहजीकरण गरेर रुपान्तरण भएको २८ वटा विवाद कार्यान्वयन भएको पनि सुवेदीले जानकारी दिएका छन् । उनले अधिकांश द्वन्द्व प्रकृतिसंग सम्वन्धीत हुने पनि स्पष्ट पारे ।
बैठक तथा समिक्षा कार्यक्रममा बोल्दै समन्वय प्रमुख वैठकका प्रमुख अतिथि निरेन तामाङले मेलमिलाप मार्फत द्वन्द्व रुपान्तरण गरिरहँदा दिर्घकालिन रुपमा समाधान हुने गरी गर्नु पर्नेमा जोड दिए । समन्वय प्रमुख तामाङले भने–‘समाजमा विभिन्न कारणले हुने विवादमा द्वन्द्व समश्याको समाधान भन्दा पनि मान्छेको मन मिलाउनु सक्नु महत्वपूर्ण हुन्छ ।’ कार्यक्रमलाई सरोकारवाला संघ संस्थाहरुले सहयोग गर्नु पर्नेमा उनको जोड थियो ।
प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण प्रदेस कार्यालय इटहरीका संयोजक राजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समन्वय समिति धनकुटाका उप–प्रमुख सावित्रा राई, सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी लगायत विषयगत सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, फेकोफोन धनकुटाका जिल्ला अध्यक्ष नील वहादुर थापा लगायतले आ–आफ्नो धारणा राख्दै सुझाव दिएका थिए ।
- dhankutapress