Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ट्रकको ठक्करबाट धनकुटाको गोठगाउँमा बृद्दाको मृत्यु

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा ट्रकको ठक्करबाट एक बृद्दाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको धनकुटा नगरपालिका ६ गोठगाउं बस्ने ७० बर्षिय नन्द कुमारी राई रहेका छन् ।

हिजो सांझ धरानबाट हिले तर्फ जांदै गरेको प्र–१–०२–००२ ख ००४९ नम्वरको ट्रकको ठक्करबाट पैदल हिंडिरहेकी राईको घटना स्थलमै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको छ । ट्रक चालक धनकुटा नपा १ बस्ने ३९ बर्षिय भरत कुमार राई र ट्रकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

महालक्ष्मीमा पनि एक बृद्द मृत फेला :

त्यसैगरी धनकुटामा अर्का एक बृद्द पनि मृत फेला परेका छन् ।

जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ ज्यामिरे बस्ने अन्दाजी ७० बर्षिय भक्त बहादुर बस्नेत आफ्नो घरदेखि अन्दाजी ५ सय मिटर उत्तर स्थित अछामे डाँडाको खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । उनले बढी मात्रामा मादक पदार्थ सेवन गरि हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

कानुनी प्रकृया तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट टोली खटिएको र शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको   जिप्रका धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

  • dhankutapress

थप