Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

बाघखोरमा महिला/म्हानिपा घेदुङ गठन

  •   ५ वर्ष अघि | २० चैत्र २०७८, आइतवार

विवेक तितुङ तामाङ

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं.९ बाघखोरमा नेपाल तामाङ महिला÷म्हानिपा घेदुङको प्रथम वडा भेलाले रेश्मा दोङ तामाङलाई अध्यक्षमा चयन गरेको छ । 

नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाको सहजीकरण र आयोजनामा सम्पन्न भएको प्रथम वडा भेलाले उपाध्यक्षमा पालाङ दोर्जे लामा, सचिवमा सुस्मिता तामाङ, कोषाध्यक्ष मीना तामाङ र सह–सचिवमा गंगामाया तामाङ वम्जनलाई चयन गरिएको छ । 


घेदुङको सदस्यहरुमा राधा माया तामाङ, सरिता तामाङ, मदन गोले तामाङ, सीता सिङदान तामाङ र वुद्धमाया तामाङलाई चयन गरिएको छ ।

भेला नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुलवहादुर तितुङ तामाङको अध्यक्षतमा सम्पन्न भएको थियो । भेलामा म्हानिपा घेदुङ जिल्ला समिति धनकुटा र म्हानिपा घेदुङ नगर समिति धनकुटाले संयुक्त रुपमा टासी ग्यापा (अष्टमंगल पाठ) गरेर कार्यक्रमको समुद्धघाटन गरेका थिए ।

सो अवसरमा महलिा घेदुङ धनकुाटका अध्यक्ष पेमा लामा, म्हानिपा घेदुङ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान तामाङ, म्हानिपा घेदुङ नगर समिति धनकुटाका सचिव लखी माया ब्लोन तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 


  


  • dhankutapress

थप