धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.९ मुलघाट घर भएका वर्ष ८२ का छत्रमुखी साङ्गपाङ्ग राईको आईतवार तामोर नदीको पक्कि पुलबाट झरेर मृत्यु भएको छ ।
८२ वर्षिया वृद्ध कसरी मोटर कुद्ने पुलबाट झरे भन्ने यक्किन हुन नसकेको प्रहरीले जनाएको छ । मुलघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक कपिलश्वर स्वर्णकारका अनुसार घट्ना विहान १०.३० वजे भएको वताए । उनले पुलबाट उनीबाट कसरी झरे भन्ने प्रत्यक्षदर्शी कोहि पनि नभएको र एक्कसी पुलबाट तल झरेको मात्र देखिएको बताए । मलामी आएका मान्छेहरुले वृद्ध मान्छे झर्दै गरेको देखे पछि प्रहरीलाई खवर गरेको वताए ।
साङ्गपाङ्गको श्रीमती, १ छोरा र १ छोरी रहेको स्थानिय होटल व्यवसायी यज्ञ वहादुर थापाले धनकुटा प्रेसलाई वताए । मृतक राईका छोरा वुहारी वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रहेको वताइएको छ । मृतक राईलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको मुलघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक स्वर्णकारले बताए ।
स्थानियका अनुसार पुलको छेउमा सितल ताप्न वसेको राई अचानक सवारी साधनले साईड मिचेर आउँदा साईड लाग्न खोज्दा आत्तिएर लडेको हुन सक्ने अनुमान लगाएका छन् ।
- Dhankutapress