Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

रुखले किचेर २८ वर्षिया युवाको मृत्यु

  •   ४ वर्ष अघि | २ भदौ २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.६ राइ टोलमा विहिवार अपरान्ह ३ वजे रुखले किचेर २८ वर्षिया युवाको मृत्यु भएको छ ।

छाथरजोरपाटी गाउँपालिका वडा नं.५ का वडाध्यक्ष डिक वहादुर लिम्वुका अनुसार स्थानिय भिम आचार्यको वारीमा उतिसको रुख काट्ने क्रममा २८ वर्षिया मनकुमार राईको मृत्यु भएको हो । अध्यक्ष लिम्वुले ढल्न लागेको रुखलाई डोरीले तानेर साईड लगाउन खोज्दा रुख आफै तिर आएर लाग्दा राईको घट्ना स्थल मै मृत्यु भएको वताए । 

उनले घट्ना स्थलमा प्रहरीले सर्जिमिन मुजुल्का गरेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगि सकेको बताएका छन् । घट्नाको जिल्ला प्रहरी कार्यालय धनकुटाले पुष्टी गरेको छ । 

  • Dhankutapress

थप