धनकुटा प्रेस सम्वाददाता
धनकुटा/इटहरी उप–महानगरपालिका वडा नं.२ कर्णेलटोल घर भएका वर्ष ३५ का निलम पौडेलको दुवै मृगौला फेल भएपछि हाल उपचारको क्रममा पैसाको अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेका छन् ।
हाल, उनको नोवेल मेडिकल कलेज विराटनगरको सधन उपचार कक्षमा भेण्टिलेटरमा राखेर २ हप्ता देखि उपचार भईरहेको छ । त्यो भन्दा पहिले १५ दिनसम्म विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पौडेललको उपचार गरिएको थियो । त्याँहा आइसियूको अभाव भएपछि २ हप्ता अघि नोवेल मेडिकल कलेज विराटनगरमा थप उपचारको लागि लगिएको थियो । उनको स्वास्थमा सन्तोषजनक सुधार आउँदै गएको अस्पतालका चिकित्शकहरुले जानकारी दिएका छन् । पौडेलको दुवै मृगौला फेल भएको र फोक्सोमा पानी जमेका कारण स्वास प्रश्वासमा समश्या देखिएको चिकित्शकहरुले वताएका छन् । विरामीको अवस्था हेर्दा जुन ढंगले सुधार हुनु पर्दथ्यो त्यो हुन नसके पनि सामान्य ढंगले क्रमिक रुपमा सुधार भईरहेको चिकित्शकहरुले बताएका छन् ।
नोवेल मेडिल कलेज विराटनगरको सधनउपचार कक्षमा भेण्टिलेटरमा उपचारत रहेको ३५ वर्षिय निलम पौडेल। साथमा आमा शान्ता पौडेल ।
विगत २५ वर्ष देखी धनकुटा नगरपािलका वडा नं.७ मा वस्दै आएका पौडेलका परिवार २ वर्ष अघि इटहरी उपमहानगरपालिका वडा नं.२ कर्णेलटोलमा घर वनाएर वसाँई सरेका थिए । यसैक्रममा अहिले पौडेल परिवारका जेठा छोरा निलम पौडेलको दुवै मृगौला फेल भएर विरामी परेपछि उपचारको लागि पैसाको अभाव भएको आमा शान्ता पौडेलले वताईन । उनले भनिन्–‘छोरालाइै दैनिक उपचारको लागि १८ देखि ३० हजार रुपयाँसम्म लाग्छ, भएका पैसा सवै सकियो अव साथिभाईलाई हारगुहार गर्नुको विकल्प रहेन ।’ उनले हालसम्म लाखौं रुपयाँ छोराको उपचारमा सकिएको वताईन ।
निलम पौडेललाई उपचार खर्च जुटाउने उदेश्यले धनकुटामा स्थानिय समाजसेवी व्यापारीहरुले सहयोग संकलन अभियान सोमवार विहान देखि शुरु गरेका छन् । ‘निलम पौडेल वचाउ अभियान’ भनेर स्थानिय समाजसेवी थामवहदुर राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश अध्यक्ष सन्तवीर लामा र युवा समाजसेवी प्रविण पाख्रेलको अगुवाईमा पहिलो दिन धनकुटामा १ लाख, ३५ हजार नगद संकलन भएको छ । आज (मंगलवार) अपरान्ह १ वजे देखि अभियानको दोश्रो दिन प्रदेश नं.१ कै पहिलो पर्यटकिय नगरी हिले वजारमा सहयोग संकलन गर्ने कार्यक्रम रहेको अभियानका संयोजक थामवहादुर राईले धनकुटा प्रेसलाई जानकारी दिएका छन् । उनले अभियानमा मानविय भावले आफ्नो गच्छेअनुसार सहयोग गर्नु हुने सम्पुर्ण धनकुटेली चन्दादाताहरु र नगद संकलनमा जुट्नु हुने सबै सबैलाई धन्यवाद् समेत दिएका छन् ।
दुई दिनको सहयोग संकलन पछि मृगौला पिडित परिवारलाई वुधवार विराटनगर नोवेल मेडिकल कलेजमै गएर हस्तान्तरण गरिने संयोजक थामवहादुर राईले बताए । दुई सहयोग संकलन गर्दा जति रकम हुन्छ, त्यति नै रकम जम्मा गरेर मृगौला पिडित निलम पौडेलका आमा शान्ता पौडेललाई पु¥याई दिने अभियानका सदस्य प्रविण पोख्रेलले धनकुटा प्रेसलाई बताए ।
- Dhankutapress