धनकुटा प्रेस सम्वाददाता
धनकुटा/अरुण थर्डको निर्माण सामग्री वोकेर विराटनगरबाट संखुवासभा जिल्लाको चिचिला तर्फ गईरहेको प्रदेश २.०३००१ ख ६९४७ नम्वरको मालवाहक ट्रकबाट मध्य सडकमा कन्टेनर झरेपछि धनकुटा हिले सडक शुक्रवार विहान देखी धनकुटा नगरपालिका वडा नं.३ कागते नजिकैको गोलाईमा सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय धनकुटा हवल्दार दिपक खड्काले सडकमा कन्टेर झरेपनि साना सवारी साधनहरु आवत जावतमा समश्या नभए पनि ठूला र लामा मालवाहक सवारी साधनहरु आवातजावत नहुने वताएका छन् । उनले मध्य सडकमा झरेको कन्टेनर उठाउनको लागी जेसीवी खोज्ने काम भैरहेको बताएका छन् । हलुका सवारी साधनको लागी आवत जावतमा समश्या नभए पनि राजमार्ग खुलाउनको लागी पहल भैरहेको बताए ।

मालवाहक ट्रक ३ दिन अघि विराटनगर देखी सामन लोड गरेर हिडेको र करिव ६ दिनमा पछि मात्र संखुवासभाको चिचिला भञ्याङहुँदै अरुणथर्डको निर्माण स्थल थाक्सिन्दा वेँसी दोभान पुग्ने बताइएको छ ।
- dhankutapress