Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

दुग्ध संस्थानले दिदै आएको टिएस रकम कटौती

धनकुटाका दुग्ध उत्पादक सहकारी संस्थाहरु आन्दोलित

  •   ५ वर्ष अघि | १ फाल्गुन २०७८, आइतवार

विवेक तितुङ तामाङ 

धनकुटा प्रेस सम्वाददाता 

हिले/धनकुटाका दुग्ध उत्पाद सहकारी संस्थाहरुले पाउँदै आएको सुविधा (टिएस) दुग्ध विकास सस्थानले कटौती गरेको भन्दै उनीहरुले कटौती नगर्न संस्थानका जिम्मेवार पदाधिकारीहरुले आग्रह गरेका छन् ।

दुग्ध विकास संस्थानले दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई दिदै आएको सुविधा (टिएस) कटौती गरेपछि धनकुटा जिल्लाका द्ग्ध उत्पादक सहकारी संस्थाहरुको सनिवार धनकुटाको हिलेमा वसेको आकस्मिक वैठक वसी यस्तो आग्रह गरेका हुन् । 

दुग्ध उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष नारद वहादुर कट्वालको अध्यक्षतामा वैठक वसी संस्थाहरुले पाउँदै आएको टिएस रकम सुविधा कायम राख्न दुग्ध विकास संस्थान केन्द्रिय कार्यालयलाई निर्णय सहित परिपत्र गर्ने भएका छन् । उनीहरुलाई संस्थानको माघ २६ गते प्रेसित च.नं.४८ को परिपत्र तथा विराटनगर दुग्ध वितरण आयोजनाको च.नं.८१ को माघ २७ गते प्रेसित पत्रले संस्थाहरुले पाउँदै आएको टिएस रकम कटौती गरिएको उल्लेख छ ।

संघका धनकुटा जिल्ला अध्यक्ष नारद वहादुर कटुवालका अनुसाम आफूहरुले संस्थान मार्फत पाउँदै आएको तातो दुधमा ३६ प्रतिसत, र चिसो दुधमा ४२ प्रतिसत सुविधा (टिएस) क्रमशः ८ प्रतिसत र १६ प्रतिसतमा झारि दिएकाले संस्था परिचालन गर्न गाह्रो हुने बताए । उनले दुग्ध विकास संस्थानले दुग्ध उत्पादक संस्थाहरुलाई दिदै आएको टिएस कटौती गरी पठाएको सो टिएस रकम ०७८ माघ २७ गतेसम्म जुन दरमा दिएको छ, सोही दरमा कायम गर्न पर्ने बताएका छन् । 

त्यसैगरी जिल्ला दुग्ध उत्पादक सहकारी संस्था धनकुटाका सचिव रोम वाजिम्पाकले दुग्ध विकास संस्थाले दिदै आएको टिएस रकम कटौतीले संस्था मार्फत चिस्यान केन्द्रसम्म दुध ढुवानी गर्न, कार्यालय व्यवस्थापन गर्न र कर्मचारीलाई तलव खुवाउन समश्या उत्पन्न हुने वताए । उनले यदि संस्थानले दुग्ध उत्पादक संस्थाहरुलाई टिएस सेवा नदिने हो भने संस्था वन्द हुने भन्दै सुविधा पुनः नदिए आन्दोलन गर्ने बताए । उनले आगामी फागुण १५ गते भित्रमा दुग्ध उत्पादक संस्थाहरुको मागलाई सम्वोधन नगरे अन्य जिल्लाका जिल्ला सहकारी संघहरुसंग समन्वय गरेर चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावानी दिएका छन् ।

संघका अध्यक्ष नरद वहादुर कट्वालको अध्यक्षतामा सम्पन्न वैठकमा उपाध्यक्ष पुन्य प्रसाद खतिवडा, सगरमाथा दुग्ध चिस्यान केन्द्रका सिधुवाका अध्यक्ष प्रेम प्रसाद ढकाल, सिंह देवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जीतवहादुर विष्ट, सगरमाथा चिस्यान केन्द्रका व्यवस्थापक भिमवहादुर महतरा, विश्व शान्ती वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारी, चञ्चला देवी दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष नरेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।   


  


  • Dhankutapress

थप