Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कोभिड संक्रमण फैलने डरले धनकुटामा बिहिवारे हटिया लागेन

सार्वजानिक स्थानमा सेवा लिन अनिवार्य खोपकार्ड

  •   ५ वर्ष अघि | ७ माघ २०७८, शुक्रबार

पञ्चमाया थिङ तामाङ

धनकुटा प्रेस सम्वादाता

धनकुटा/कोभिडको पछिल्लो नयाँ भेरियन्ट फैलनी डरले धनकुटामा नियमित रुपमा लाग्दै आएको विहिवारे हटिया यो हप्ता देखि लागेन ।

वुधवार जिल्ला प्रशासन कार्यालय धनकुटामा वसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको वैठकले वर्तमान समयमा कोभिड संक्रमणको नयाँ भेरियन्टको जोखिम उच्च रहेको भन्दै सार्वजानिक सूचना जारी गरेपछि सार्वजानिक स्थलमा हुने भिडभाड कम भएको हो ।     

यसैक्रममा धनकुटामा हरेक विहिवार लाग्ने हिले वजार र धनकुटा वजारमा लाग्ने हटियालाई वजार भर्न गाउँगाउँबाट विहिवार धनकुटा आईपुगेका व्यपारीहरुले आफै विकल्प खोजेका छन् । स्थानिय प्रशासनले सार्वजानिक स्थलमा भिडभाड नगर्न र सेवाग्राही कार्यालयहरुमा प्रवेश गर्दा अनिवार्य खोपकार्ड प्रयोग गर्न भने पछि स्थानिय व्यापारीहरुले विकल्प खोजेका हुन् । उनीहरुले स्थानिय प्रशासन कोभिड व्यावस्थापन समितिको निर्देशन र स्वास्थ्य मापदण्डलाई पालना गर्दै विहिवारे हटियामा सामाग्रीहरु विक्रि गर्न नगएको धनपा–६ पात्लेकी मनमाया राईले बताईन ।

कृषि उपजका वस्तुहरु जो दैनिक उपभोगका लागी आवश्याक पर्ने तरकारी लागयत खाद्यन्न विक्रिका लागी विहिवारे हटिया भर्न आएका टुक्रे व्यापारीहरुले कोभिड संक्रमणलाई मध्य नजर गर्दै सानो सानो समुह वनाएर धनकुटा वजारमा विक्री गरेका छन् । उनीहरुले धनकुटा वजारको मदनचोक, चुवाबोट, परिचयमोड, भिमनारयण चोकमा सानो समुहमा तरकारी लगायतका दैनिक उपभोग्य समाग्रीहरु विक्रि गरेका हुन् । उनीहरुले स्थानिय प्रशासनले हटियामा भिडभाड नगर्न भने पछि सानो सानो समुह वनाएर दैनिक उपभोगमा आवश्याक पर्ने दाल, तरकारी, फलमफूल, खाद्यन्न विक्रि गरेको बताएका छन् ।

तर सामान विक्रि गर्ने व्यापारी हुन या खरिद गर्न आएका ग्राहक हुन एक तिहाईले भने स्वास्थ्य मापदण्डका सूचकहरु भने पालना गरेको पाइएन । सानो झुण्डमा भेला भएका साना व्यापारी हुन या ग्राहक उनीहरु मध्ये २ तिहाईले मात्र माक्स प्रयोग गरेको पाइएको छ ।               


यसैविच जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले सार्वजानिक स्थानहरुमा प्रवेश गरेर सेवा लिन परे अनिवार्य माघ–७ गते देखी खोपकार्ड वोकेर हिड्न भनेको छ । यद्यपी खोपकार्ड मोवाईलमा खिचेर आवश्याक चेकजाँच हुँदा देखाउन पनि सकिने जारी सूचनामा उल्लेख छ । जिल्लावासी आम नागरिकलाई अनिवार्य माक्स प्रयोग गर्न र भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत हरिगोपाल कर्मचार्यद्धारा हस्ताक्षरित सार्वजानिक सूचनामा उल्लेख छ  ।    

  • धनकुटा प्रेस

थप