Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धर्मशालामा आगलागी हुँदा तिन घर जलेर नष्ट

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ।  धनकुटा नगरपािलका वडा नं.१० उत्तरपानी स्थित् धर्मशालामा बिहीबार बिहान १०ः३० बजेदेखि भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको हो । 

स्थानिय, प्रहरी, सेना, दमकलको साहयताले आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पाख्रिवासका ईन्चार्ज नारायण भट्टराईले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । कमला मोक्तानको घरबाट बिहान १०ः३० बजे आगो सल्किएको थियो ।

आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ । साथै, उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो । चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ । चुलो नजिकै व्यापरीले स्टोर गरेर राखेको अम्लिसोमा आगो सल्किएको कारण आगलागी भएको स्थानियले वताए ।

  • Dhankutapress

थप