धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/स्याल वौलायो भने शहर पस्छ भन्ने नेपाली उखान जस्तै भएको छ, धनकुटामा । स्याल जस्तो देखिने जंगली जनवारले टोकेर धनकुटा वजार क्षेत्रका ९ जना स्थानियवासीलाई मंगलवार दिउँसो जताभावी टोकेर घाइते बनाएको छ ।
धनकुटा नगरपालिका वडा नं.४, ५ र ७ का ९ जनालाई स्यालले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । नगरको विभिन्न वडामा स्थानियलाई टोकेकाले स्यालको संख्या कति भन्ने एक्किन हुन नसके पछि निगरानि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी कृष्ण प्रसाद कोईरालाले बताए ।
धनकुटा नगरपालिकाकाको वडा नं.७ को पाङसिङ टोल, सितलपाटी, बालमन्दिर लगायत क्षेत्रका स्थानियलाई आक्रमण गरेर जंगली स्याल जस्तो देखिने उक्त जनावरले आतंक मच्चाएको हो । मंगलवार धनकुटा न.पा.–५ का प्रेम बहादुर याख्खा, सर्मिला लिम्बू र ९ वर्षीया प्रस्ना सुनामलाई स्यालले टोकेको छ । आफ्नो छोरी प्रस्ना मंगलवार साँझ पानी लिन कुवा गएका बेला जनावरले आक्रमण गरेको बालमन्दीर ५ की स्थानीय दीपीका राईले बताईन ।
यता, धनकुटा–७ सितलपाटीकी पवित्रा राई, धनकुटा–७ का धिरज राई, नरबहादुर मगर, सपुतकुमारी राई, ४२ वर्षीय शुक्र बहादुर राई र १३ वर्षीय उत्स्वब लिम्बुलाई पनि स्यलले आक्रमण गरेर घाइते बनाएको छ । जनवारको आक्रमणबाट उनीहरूको हात, खुट्टा, टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । आफ्नो भाई र आफूलाई पनि टोके पछि र गाउँमा मान्छेलाई जताभावी आक्रमण गर्दै हिड्न थालेपछि प्रतिकार गर्ने क्रममा सो जनावर पनि मारेका धनकुटा–७ का शुक्र बहादुर लिम्बूले बताए ।
घाइतेहरूलाई जिल्ला अस्पताल धनकुटामा ए आर भी, टी टी र इमीनो ग्लोमीन भ्याक्सीन लगाई उपचार गरिएको छ । मान्छेलाई आक्रमण गरेर आतंक मच्चाउने जंगली जनावरलाई धनकुटा–७ पाङसिङ टोलमा स्थानियले मारी दिएका छन् । उक्त जनवारले कुकुरलाई समेत टोकेको हुन सक्ने स्थानियले अनुमान गरेका छन् । मारीएको स्याल जस्तो देखिने जनावरको भेटिरिनरी अस्पतालमा रेविज चेक नगरीनुले रेवीज फैलिन सक्ने खतरा वढेको भन्दै स्थानिय त्रसीत भएका छन् ।
- Dhankutapress