धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/आगामी शुक्रवार देखि शुरु हुन गईरहेको ०७९ को माध्यामिक शिक्षा परिक्षा (एसइइ) मा १ नम्वर प्रदेश अन्तर्गतको १४ जिल्लाबाट ८० हजार, १ सय विद्यार्थि सामेल हुने शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।
निमिक्त शिक्षा निर्देशक पुष्पराज बरालका अनुसार ०७९ सालको (एसइइ) परिक्षामा नियमित तर्फ ७४ हजार, ५ सय ४०, प्राविधिक धार तर्फ २ हजार, ९ सय, ५१, ग्रेडवृद्धि १ हजार, ३ सय, ४६ र नियमित खुल्ला तर्फ १ हजार, २ सय ५२ गरी ८० हजार, १ सय परिक्षार्थि ३ सय, ७८ वटा परिक्षा केन्द्रमा सामेल हुनेछन् ।
उनले ०७९ सालको माध्यामिक शिक्षा परिक्षा (एसइइ) परिक्षालाई मर्यादित र अनुशासित ढंगले संचालन गर्नको लागि ३ सय, ७८ केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष ५ सय, ३६, निरिक्षक, ४ हजार, १८, परिक्षा सहायक ७ सय, ९७, सहयोगी १ हजार, ६ सय, ६ गरी जम्मा ७ हजार, ३ सय, ३५ शिक्षक÷कर्मचारी परिचालन हुने वताए । त्यसैगरी ३ सय ७८ परिक्षा केन्द्रमा ५ हजार, ६ सय, ७० सुरक्षाकर्मी सहित जम्मा १३ हजार, ५ जना शिक्षक र राष्ट्रसेवक कर्मचारीहरु परिचालन हुने निमिक्त शिक्षा निर्देशक बरालले ब्लाष्टलाई जानकारी दिएका छन् ।
निमिक्त निर्देशक वरालका अनुसार ०७९ सालको माध्यामिक शिक्षा परिक्षा (एसइइ) मा सवै भन्दा वढी परिक्षार्थि मोरङ्ग जिल्लाबाट १८ हजार, १ सय, १३ जना सहभागी हुँदैछन् । मोरङमा ७१ वटा केन्द्र रहेको छ भने नियमित तर्फ १६ हजार, २ सय, ७८, प्राविधिक धार तर्फ ६ सय, ४४, ग्रेडवृद्धि १ सय, ७३, नियमित खुल्ला १ हजार, १८ गरी १८ हजार, १ सय, १३ जना परिक्षार्थि सहभागी हुनेछन् । त्यसैगरी सवै भन्दा कम सोलुखम्वु जिल्लाबाट २५ वटा केन्द्रमा १ हजार, ७ सय, ८२ परिक्षार्थि सहभागी हुदैछन् ।
सोलुखम्वुमा नियमित तर्फ १ हजार, ६ सय, ८५, प्राविधिक धार तर्फ ६३ जना, ग्रेडवृद्धि ५ जना, नियमित खुल्ला २९ जना सहित १ हजार, ७ सय ८२ परिक्षार्थि सहभागी हुने शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ । परिक्षार्थि सहभागिताको हिसावले दोश्रोमा झापा जिल्ला रहेको छ । झापामा जिल्लामा ५६ वटा परिक्षा केन्द्रमा १५ हजार, ८ सय, ९३ विद्यार्थि सहभागी हुँदैछन् । नियमित तर्फ १४ हजार, ७ सय, ४०, प्राविधिक धार, ५ सय, ९९, ग्रेडवृद्धि ५ सय, १७, नियमित खुल्ला २६ गरी जम्मा १५ हजार, ८ सय, ९३ परिक्षर्थि सहभागी हुने भएका छन् ।
उता सुनसरी जिल्लाबाट ४८ वटा परिक्षा केन्द्र मार्फत १३ हजार, ७५ विद्यार्थि सहभागी हुँदैछन् । सहभागी परिक्षर्थि संख्याको हिसावले सुनसरी तेश्रो स्थानमा रहेको छ । सुनसरीमा नियमित तर्फ १२ हजार, ५ सय, ९५, प्राविधिक धार ३ सय, ५७, ग्रेडवृद्धि ९० र नियमित खुल्ला तर्फ ३३ जना गरी जम्मा १३ हजार, ७५ जना परिक्षार्थि सहभागी हुँदैछन् । त्यसैगरी उदयपुर ६ हजार, १ सय, ९३, इलामबाट ४ हजार, ३ सय, ४३, खोटाङ ३ हजार, ३ सय, ४३, पाँस्थर ३ हजार, २ सय २, संखुवासभा २ हजार, ६ सय, ७६, धनकुटा २ हजार, ६ सय, ५३, भोजपुर २ हजार, ६ सय, ३२, ओखलढुङ्गा २ हजार, ६ सय, ३१, ताप्लेजुङबाट २ हजार, १ सय, २१ र तेह्रथुमबाट १ हजार, ४ सय, ३९ गरी जम्मा ८० हजार, १ सय परिक्षार्थि सहभागी हुँदैछन् ।
निमिक्त शिक्षा विकास निर्देशक बरालले १४ वटै जिल्लाको शिक्षा समन्वय इकाई मार्फत ३ सय, ७८ वटै परिक्षा केन्द्रमा केन्द्रध्यक्ष सहित आवश्याक परिक्षा सामाग्री पुगी सकेको वताए । परिक्षा शान्तीपुर्ण हुने उनले वताएका छन् ।
- Dhnakutapress