Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

६१ औं बार्षिक उत्सवमा हिले मा.वि.मा बिविध कार्यक्रम गरी मनाइयो

पर्यटनलाई प्रवद्र्धन गर्ने शैक्षिक कार्यक्रम ल्याउन सरोकारवालाको जोड

  •   ४ वर्ष अघि | ३ पुस २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

हिले/प्रदेश नं.१ को पहिलो पर्यटकिय गन्तव्य हिले वजारको गुणात्मक शैक्षिक विकासको स्थानिय सरकारले ध्यान दिनु पर्ने विहिवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

धनुकटा नगरपालिका वडा नं.१ हिले वजारमा रहेको हिले माध्यामिक विद्यालयको ६१ औं वर्षिक उत्सवको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा वोल्ने वक्ताहरुले हिले प्रदेश नं.१ को पहिलो पर्यटकिय गन्तव्य भएकाले पर्यटन व्यवसायलाई ध्यानमा राखेर शैक्षिक विकासमा जोड दिनु पर्ने वताएका हुन् । धनकुटाको हिले आफैमा पर्यटकिय केन्द्र भएकाले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने खालको विषयहरु हिले मा.वि.मा शैक्षिक कार्यक्रमहरु संचालन गर्नु पर्ने उनीहरुको जोड थियो ।

प्रदेस सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि निरन राईले हिले आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि पर्यटकिय हवको रुपमा विकास भैसकेकाले यहाँको शिक्षा सोहि अनरुपले विकास गरेर लानु पर्नेमा जोड दिए । उनले भने–‘हिले माविले पर्यटनलाई प्रवद्र्धन गर्ने खालको शैक्षिक कार्यक्रम वनाओस, म आफू प्रदेस सभा सदस्य भएको नाताले प्रदेस सरकारको तर्फबाट गर्नु पर्ने पहलकदमी सक्दो गर्छु ।’ हिलेमा संचालन हुने अवको शैक्षिक कार्यक्रमहरु पर्यटनमैत्री र पर्यटन व्यवसायसंग सम्वन्धित् हुनु पर्नेमा राईको जोड थियो । 

हिले मा.वि.का प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्य विद्यालयको वार्षिक प्रतिवेदन प्रश्तुत् गर्दै ।

धनकुटा नगरपालिका वडा नं.१ हिलेका वडाध्यक्ष ओङ्गद थिङ तामाङले बदलिदो परिस्थितिमा हिले वजारलाई सुहाउँदो शिक्षा आजको आवश्यक्ता रहेको औल्याए । तामाङले भने–‘म स्थानिय सरकारको वडा तहको प्रतिनिधि भएको हैसियतले हिले आफैमा पर्यटकिय केन्द्र भै सकेकाले समय सुहाँउदो पर्यटकिय शिक्षाको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्छु ।’ उनले पछिल्लो समयमा धेरै युवाहरु विदेश पलायन भैरहेको अवस्थामा ति विदेश जाने युवालाई हिलेमै उचित वातवरण वनाएर राख्न  सक्ने व्यवहारिक शिक्षाको पक्षमा म आफू रहेको वताए । 

सो अवसरमा हिले माविका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले विद्यालयको आ.व.०७८÷०७९ को आय–व्याय तथा वार्षिक प्रतिवेदन प्रश्तुत् गरेका थिए । आचार्यले स्वागत मन्तव्य समेत राख्दै भने–‘हामी हिले माविलाई समय सापेक्ष स्थानियले भने जस्तै पर्यटन मैत्री वातवरण अनुकल शिक्षाको लागि हव वनाउँछौं ।’ तर, जस्का लागि सम्पुर्ण विद्यालयसंग सरोकार राख्ने सरोकारवालाहरु सवै एक भएर अघि वढ्नु पर्छ, असम्भव भन्ने कुरा केहि छैन । 

वार्षिक उत्सवको अवसरमा विद्यालयमा अध्ययनरत छात्रछात्राहरु विच हाजिरिजवाफ प्रतियोगिता, टेवलटेनिस प्रतियोगिता लगायत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरिएको थियो । प्रतियोगितामा विजयी विद्यार्थिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य निरन राई, वडाध्यक्ष ओङ्गदा थिङ तामाङ, पसर्व वडाध्यक्ष एवं समाजसेवी विरवहादुर तितुङ तामाङ लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । 

हिले वजार व्यवस्थापन समितिका अध्यक्ष एवं हिले माविका शिक्षक अविभावक संघका अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा उधोग वणिज्य संघका निवर्तमान अध्यक्ष उमेश घिमिरे, समाजसेवी विरवहादुर तितुङ तामाङ, त्रिवेणी माविका प्रअ दिपक पोख्रेल, टंक मावि भिरगाउँका प्रधानाध्यापक नरवहादुर विश्वकर्मा, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

  • Dhankutapress

थप