Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको टुडिखेलमा साकेला नाचले उत्धुम मच्चायो

चार जना किराँती समुदायका राष्ट्रसेवक निजामति कर्मचारीहरु सम्मानित

  •   ३ वर्ष अघि | १५ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/भूमिपत्र किराँत राईहरुको महान पर्व उधौली धनकुटाको टुडिखेलमा धुमधामसँग सनिवार मनाइएको छ ।  

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई किराँत राईहरुले उधौली साकेला, याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, कुलुङ्गले चाक्चाकुर, आठपहरियाले वाडाङ्गमेट र लिम्बुहरूले चासोक तङ्नाम भन्ने गरेका छन् । किराँत राई जातिमा बाली लगाउने बेलामा भने उभौली अर्थात यावा पर्व मनाइने प्रचलन छ । अन्नवाली पाकेर थन्काउने यो सिनजामा भने उधौली पर्व किराँती समुदायले परापूर्वकाल देखि मनाउँदै आएका छन् । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा तल्लो टुँडिखेलमा सम्पन्न साकेला उधौली पर्वमा हजारौंको संख्यामा मौलिक भेषाभुषा सहित झाँकी प्रदर्शन गरिएको हो । अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष पहिचानको आन्दोलन चर्किएकोले गर्दा पनि सहभागीको उपस्थिति साकेला उधौलीमा वढेको हुन सक्ने अनुमान गरिएको छ । किराँत राई यायोख्खा धनकुटाको आयोजनामा सम्पन्न भएको मौलिक झाँकी प्रदर्शनमा साकेला सिली नृत्य, खाल्सा क्षेत्रका राईहरुको पापानी नाच र आठपहरिया जातिको वढाङ्मेट नाच प्रस्तुत गरिएको थियो । रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषा अनुसार यो पर्वमा आफ्नो इष्टदेवलाई पुकार्ने चलन छ ।

किराँत समुदायको उल्लेख्य बसोबास रहेको धनकुटामा अघिल्लो वर्षहरुको तुलनामा साकेला यो वर्ष उधौली पर्व धुमधामका साथ मनाइएको छ । अन्नलाई किराँत समुदायले माङ् (देवता) का रुपमा मनाउने गर्दछ । पछिल्लो पुस्तामा जातजातिको साँस्कृतिक झाँकी भनेको के हो भन्ने थाहा हुन छाडेकाले नयाँ पुस्तालाई झक्झकाउन कार्यक्रमको आयोजना गरिएको किराँत राई यायोखा धनकुटाका अध्यक्ष उद्धवमणि राईले जानकारी दिए । उनले झाँकी प्रदर्शनीमा धनकुटा जिल्लाको सातै पालिकाहरुबाट प्रतिनिधिमुलक ढंगले सहभागी जनाएको बताए । यस पटकको मौलिक झाँकीमा किराँत राई वाहेक तामाङ, नेवार, लिम्वू, मगर, भूजेल, आठपहरिया लगायत अन्य जातिको पनि सहभागीता रहेको थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, नेकपा एमालेका नगर अध्यक्ष अर्जुन छाराहाङ्ग, नेकपा माओवादी धनकुटाका प्रतिनिधि तिलक प्रसाद राई, जसपाका जिल्ला अध्यक्ष पार्वती राई, नेपाल पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा लगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी एकल जातिय संस्थाहरुको तर्फबाट नेपाल तामाङ घेदुङका नगर अध्यक्ष कुल वहादुर तितुङ, भूजेल सेवा समाज प्रदेश कमिटि सचिव जेपी भूजेल, नेपाल मगर संघका प्रदेश सचिवालय सदस्य इन्द्र लुङ्गेली मगर, किराँत याक्थुङ चुम्लुङ्गका पुर्व जिल्ला सचिव तिलविक्रम चेम्जोङ लगायतको उपस्थिति रहेको थियो । 

किराँत राई समुदायका राष्ट्रसेवक कर्मचारीलाई यायोखाको सम्मान :

यसैविच किराँत राई यायोखा जिल्ला समिति धनकुटाले साकेला उधौली पर्वको अवसर पारेर जिल्ला सदरमुकाम धनकुटामा कार्यरत अधिकृत तहका चार जना राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई फेटा गुथेर प्रमाण पत्र सहित सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा धनकुटा नगरपालिकामा कार्यरत प्रमुख प्रशासमिय अधिकृत दसरथ राई, प्रदेश लेखा ईकाइ प्रमुख निशान राई, धनकुटा अस्पतालका डा. मणिकला राई र डा. समिर राई रहेका छन् । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र यायोखा धनकुटा अध्यक्ष उद्धवमणी राईले फेटा गुथेर प्रमाणपत्र सहित सममान गरेका थिए । सो अवससमा नगर प्रमुख तामाङलाई पनि कार्यक्रम आयोजक संस्थाको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो । 

सम्मान ग्रहण गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दसरथ राईले म लागयत धनकुटामा हाल कार्यरत रहेका अधिकृत तहका राई समुदायका राष्ट्रसेवक निजामति कर्मचारीहरुलाई मातृसंस्थाले सम्मान गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले सम्मानितहरुको तर्फबाट आफ्नो विचार राख्दै खुशी व्यक्त गरे । विशेष गरेर पछिल्लो समयमा यूवा पुस्तावाट मौलिक संस्कार संस्कृतिहरु हराउँदै गएकाले जगर्ने गर्न र पुस्ता हस्तान्तरण गर्न यस्ता खाले कार्यक्रमहरुले टेवा पुग्ने विचार व्यक्त गरे । 

  • Dhankutapress

थप