Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सोनाम ल्होछार नजिकिएसंगै धनकुटामा तम्बा दर्शन सम्वन्धी अन्तरक्रिया

  •   ४ वर्ष अघि | ३० पुस २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

हिले/तामाङ समुदायको सोनाम ल्होछार नयाँ वर्ष नजिकिएसंगै धनकुटामा तम्बा दर्शन सम्वन्धी अन्तरक्रिया कार्यक्रम तथा डम्फू सेलो सम्वन्धी तालिम आयोजना गरिएको छ ।

तालिमको तम्वा संघ नेपाल केन्द्रिय समितिका अध्यक्ष धावा वाङ्गेल मोक्तानले एक समारोहको विच शुक्रवार धनकुटाको हिलेमा समुद्धघाटन गरेका छन् । तम्बा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले तालिम आयोजना गरिएको कार्यक्रम आयोजक संस्था तम्बा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तानले जानकारी दिए । 

तम्वा संघका केन्द्रिय अध्यक्ष धावा वाङ्गेल मोक्तान अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै ।

दुई दिनसम्म संचालन हुने तालिममा तम्बाको परिभाषा, तम्बाको महत्व, तम्बाको कार्य क्षेत्र, तम्बाको दार्शनिक पक्ष, तम्बाको विधाहरुको वारेमा सहजीकरण हुने संघका केन्द्रिय अध्यक्ष धावा वाङ्गेल मोक्तानले बताए । उनले विशेष गरेर दुई दिनसम्म चल्ने तालिममा आख्यान विधा, गायन विधा, वाद्यवाधन विधा र नृत्य विधामा केन्द्रित रहने वताए । 

तम्वा संघ धनकुटाले आयोजना गरेको २ दिने तालिममा धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिका, छथरजोरपाटी, साँगुरीगढी, चौविसे गाउँपालिका र पाख्रीवास नगरपालिकाबाट प्रशिक्षर्थिहरुको सहभागिता रहेको छ । 

धनकुटा र संखुवासभा जिल्लाबाट सहभागी प्रशिक्षार्थिहरु तम्वा दर्शन सम्वन्धी तालिममा सहभागी हुँदै ।

छिमेकी जिल्ला संखुवासभाबाट पनि सहभागिता रहेको संघका केन्द्रिय सदस्य पेमा लामाले वताईन । उनले १ नम्वर प्रदेशको विभिन्न जिल्लामा तम्वा संघको जिल्ला स्तरको संगठन विस्तार गर्ने उदेश्यले अन्तरक्रिया तथा तालिम आयोजना गरिएको वताएकी छन् । तालिममा मुख्य प्रशिक्षकको भूमिका संघका केन्द्रिय अध्यक्ष धावा वाङ्गेल मोक्तानले निर्वाह गरिरहेका छन् । तालिममा ४० जनाको सहभागिता रहेको छ । 


  • Dhankutapress

थप