Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले

  •   ३ वर्ष अघि | १४ साउन २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाडौं/नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले अधिवक्ता शीतल पाण्डेको अभिव्यक्तिले आफूहरुलाई मर्माहत बनाएको बताएका छन् । साथै पाण्डेले भ्रामक कुरा बोलेकाले धार्मिक, सांस्कृतिक सहिष्णुता खलबलिएको गोलेको आरोप छ ।

नेपाल तामाङ घेदुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोलेले यो राज्य बन्नुभन्दा पहिला नै फुपूचेला, मामाचेलीको अभ्यास तामाङहरुले अभ्यास गरेको परम्परा रहेको बताए ।

उनले भने, ‘यो आधुनिक राज्य बन्नुभन्दा पहिला, यसको अवयव बन्नुभन्दा पहिला मामाचेली फुपूचेला तामाङहरुले अभ्यास गरेको परम्परा हो । हाम्रोमा दाजु बहिनी वा दिदी भाइ भन्ने पवित्र सम्बन्ध पनि हुन्छ । तर, मामाचेली, फुपू चेला चलाउँछौं । यो हाम्रो परम्परागत आभ्यास हो, प्रचलन हो ।’

गोलेका अनुसार तामाङ समुदायमा सुहागे भाइ प्रणाली हुन्छ । गोले थरको तामाङले अन्य १५ थरीका तामाङसँग विवाह गर्नु हुँदैन । बाइवा थरका तामाङले अन्य सात थरीका तामाङहरुसँग विवाह गर्नु हुँदैन । योन्जन थरका तामाङले अन्य पाँच थरीका तामाङहरुसँग विवाह गर्नु हुँदैन । तर, आफूहरुले बाहुनहरुको पनि विभिन्न थरीबीचमा किन विवाह भयो भनेर प्रश्न गर्न उपयुक्त नहुने गोलेले बताए । ती सबै कुरालाई सामाजिक अभ्यासको रुपमा लिनुपर्ने गोलेका तर्क थियो ।

गोलेले भने, ‘नेपालको मौजुदा संविधान, प्रचलित कानूनले पनि समुदायमा चलेको अभ्यासको प्रचलनलाई मान्यता दिएको छ । बाधा अड्चनको व्यवस्था गरेको छैन । तर, स्वयं कानूनको विद्यार्थीबाट यस्तो अभिव्यक्ति आउनु कुनै परीक्षणबाट आएको कुरा होइन । यसकारण उनका यस्ता भ्रामक कुराले विविधताले भरिपूर्ण समाजमा धार्मिक, सांस्कृतिक सहिष्णुता खलबलिएको छ । यसले हामीलाई मर्माहत बनाएको छ ।’

  • Dhankutapress

थप