Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

शिल्पी थिएटरको अलिकति उज्यालो धनकुटामा मञ्चन

हेर्नु पर्नेले हेरेनन, जस्ले हेरे सवैको मन छोयो

  •   ५ वर्ष अघि | ७ बैशाख २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नगरमा भौतिक निर्माणको काम भैरहेका छन् । भखैरै नगर प्रमुखले शहिदको शालिक उद्धघाटन गरेका छन् । गणतन्त्र स्तम्भ, वाटर फाउण्डेशन र भ्यूटावरको उद्धघाटन गरेका छन् । 

कार्यक्रममा सहभागी भएका गुनासो र चासो भने अरु कुरामा छ । किसानलाई मल,विउ, सिचाँई, खानेपानीको चासो छ । आर्थिक रुपमा कमजोर नागरिकहरुलाई सर्वसुलभ गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको चासो छ । यी गुनासाहरु विच नगर प्रमुखले नमूना नगर घोषणा गर्न लागेका छन् ।  जनतालाई भने सुलभ स्वास्थ्य शिक्षा र स्वास्थ्य उपचारको चासो छ । 

यो कथा वस्तु शिल्पी थिएटरको मुक्त रङ्गमञ्च २०७९ को अभियान अन्तर्गत सोमवार धनकुटामा  मञ्चन गरिएको नाटक अलिकति उज्यालोको हो । नाटकमा जनप्रतिनिधिहरुले माथि भनिएझै शहिद स्तम्भ, भ्यूटावर, गणतन्त्र स्तम्भ, वाटर फाउण्डेशन उद्धघाटन गरेर नमुना नगर वनाउनु खोजेको देखिन्छ । तर नगरवासीले भने राज्य व्यवस्थाबाट नेपाली जनताले भोगी रहनु परेको अनगिन्ती वेथितिहरु मध्येका राजनिति, शिक्षा, स्वास्थ्य, महिला माथि गरिने हिंसाको अन्त्य भएको नमूना नगर खोजिरहेका देखिन्थे । यूवा वाध्य भएर विदेसिनु पर्ने अवस्थाको अन्त्य गरेर आर्थिक समृद्धिको लागी आफ्नै नगरमा वस्ने वातवरण सृजना हुन नसकेको नमुना नगरको यथार्थ कथावस्तु नाटकमा प्रश्तुत् गरिएको थियो ।


नाटक हेरीसकेपछि अलिकति उज्यालो कस्तो लाग्यो भनेर आयोजकको तर्फबाट सेधिएको थियो । सहभागी मध्ये शिक्षा क्षेत्रमा लामो समय देखी शिक्षण पेशमा लागेर काम गरिहेका धनकुटा–४ का दिनेश अधिकारीले वास्तवमा नेपाली जनताले भोगी रहेको यथार्थ कथा वस्तु झल्किएको र नाटकले मन छोएको बताए । उनले शिक्षामा भएको वेथेति, वाध्य भएर देशको यूवा शक्ति विदेसिनु पर्ने अवस्था, महँगो स्वास्थ्य उपचारले नागरिकलाई पारेको मारको नाटकले चित्रण गरेको वताए । उनले भने राजनितिक पार्टीहरुले चुनावको मुखमा गरिरहेको उम्मेद्धवारी छनौट र सिफारिस जस्ता विषय वस्तुलाई पनि नाटकमा समेटिएकाले नाटक समसामयिक रहेको बताए । 

सो अवसरमा धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्सका प्रिन्सिपल राम नारयण रामा, हिले माध्यामिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्य, अधिकारकर्मी गीता अधिकारी लगायतले नाटक हेरिसके पछि आफूलाई लागेको प्रतिक्रिया दिदै नाटकले नेपाली जनजीवनको यथार्थतालाई पस्किएको अनुभूति राखेका थिए ।  

नाटकमा नाट्यकार घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको छ । नाटकमा नाट्यकलाकार पवित्रा खड्का, संगीता उराँव, मानहाङ लावती, ज्योति पोख्रेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल, संजित थुलुङ राई, सुशीला लुहार, अजय लामा र संजय शाहीले मञ्चन गरेका थिए ।


विशेष गरेर नाटकमा वाध्यताले गर्भवती श्रीमतीको पोल्टोमा बेरेर राखेको पैसा समेत मायाले वैदेशिक रोजगारीको लागी विदा मागेर हिडेको श्रीमान अजय लामाई श्रीमती वनेर नाटकमा प्रश्तुत् भएकी ज्योती पोख्रेलले दिएको अभिनयले अधिकांश दर्शकलाई भावुक वनाउनु साथै मन छोएको थियो । स्थानिय व्यवस्थापनमा सल्लेरी साहित्य संगम धनकुटा, पत्रकार महासंघ धनकुटा र वहुमुखी पाठशाला धनकुटाले शिल्पी थिएटरको मुक्त रङ्गमञ्च–२०७९ को अभियानलाई सहयोग गरेको थियो । 

सो अवसरमा सल्लेरी साहित्य संगम धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारी, पत्रकार महासंघ धनकुटा शाखाका सल्हाकार सन्तवीर लामा, हाम्रो वहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेलले नाटकमा सहभागी सम्पुर्ण कलाकारहरुलाई धन्यवाद दिदै खदा लगाएर सम्मान गरेका थिए । आयोजकले कार्यक्रममा स्थानिय जनप्रतिनिधि र दलका नेताहरुलाई पनि वोलाएका थिए तर अनुपस्थित् रहे ।  


  • dhankutapress

थप