पञ्चमाया थिङ तामाङ
धनकुटा प्रेस सम्वाददाता
धनकुटा/ धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिधुवा वजारमा यहाँका नेवारी सुमुदायले आफ्नो भेषाभुषामा सजिएर वुधवार पहिलो पटक नेवारी पहिचान झल्किने ऐतिहाशिक ¥याली निकालेका छन् ।
नेवाः देय् दबू छथरजोरपाटीको प्रथम गाउँपालिका अधिवेशनको उद्धघाटन सत्रको पुर्वसन्ध्यामा सिधुवा वजारमा आदिमकाल देखी वसोवास गरीरहेका नेवार समुदायले आफ्नो जातिको पहिचान सहित ऐतिहासिक ¥याली निकालेका हुन् । साँस्कृतिक ¥याली पहिलो पटक आयोजना गरिएकाले नेवारी समुदायका वृद्धवृद्धा, युवा, वयस्क र बालबालिकाहरु आफ्नै भेषभुषामा हर्ष उल्लासको साथ सहभागी भएका थिए ।

नेवारी समुदायका कलाकारहरुले ¥यालीमा धिमे बाजा, नेवारी वाँसुरी धुन, लाखे नाँच समेत प्रश्तुत् गर्दै सिधुवा वजारको विभिन्न भागको परिक्रमा गरे । ¥यालीमा छथरजोरपाटी गाउँपालिकाको ६ वटै वडामा वासोवास गरिरहेका नेवारी समुदायको दाजुभाई तथा दिदिवहिनीहरु सयौंको संख्यामा सहभागी भएका थिए । ¥यालीमा सहभागीहरुलाई कार्यक्रम स्थलमा तयारी अवस्थामा राखीएको नेवारी परम्परानुसारको सगुन समेत सो अवसरमा प्रदान गरिएको थियो ।

वजार परिक्रमा पश्चात आयोजित प्रथम पालिका अधिवेशनको प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले पानसमा वत्ति वालेर समुद्धघाटन गरेका थिए । सिधुवा वजार क्षेत्रका नेवार समाजका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समुद्धघाटन सत्रमा छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्बु, उपाध्यक्ष भिमकला श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यसैगरी वडा नं.६ का वडाध्यक्ष निलवहादुर थापा, ४ नं.वडाध्यक्ष टेक वहादुर तामाङ, फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, नेवाःदेय् दबु प्र्रदेश नं.१ सदस्य रेणुकुमारी श्रेष्ठ, छत्रकुमार श्रेष्ठ, धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधान, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नेवाः देय् दबू धनकुटा नगर समितिका अध्यक्ष रोशन श्रेष्ठ, पाख्रीवास नेवाःदेय् दबूका अध्यक्ष खेमलाल श्रेष्ठ, महालक्ष्मी नगर समितिका अध्यक्ष भीमवहादुर श्रेष्ठ, नेवा मिसाः खलः धनकुटाका अध्यक्ष सुभद्रा श्रेष्ठ, सुलभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङ, युवा व्यवसायी बलदिप राई लगायतको उपस्थिति रहेको थियो । उद्धघाटन सत्रमा अतिथिहरुको सम्मानका लागी नेवारी कलाकारहरुले नेवारी गीतमा मौलिक नृत्य प्रश्तुत् गर्नुको साथै वाँसुरी धुन समेत श्रवण गराएका थिए ।

अध्यक्षमा प्रकाश श्रेष्ठ,
नेवाः देय् दबू छथरजोरपाटी गाउँकार्य समिति धनकुटाको वुधवार साँझ सम्पन्न प्रथम गाउँपालिका अधिवेशनको वन्द सत्रले अध्यक्षमा प्रकाश श्रेष्ठ ‘ए’ सर्वसम्वत रुपमा चयन भएका छन् ।
तेइस सदस्यीय छथरजोरपाटी गाउँपालिका समितिको महिला उपाध्यक्षमा भीमकला श्रेष्ठ, पुरुष उपाध्यक्षमा नविन श्रेष्ठ, सचिवमा पदम वहादुर श्रेष्ठ, कोषाध्यक्षमा लिला प्रधान श्रेष्ठ र सह–सचिवमा प्रकाश श्रेष्ठ ‘बि’ लाई चयन गरीएको सिधुवा वजार क्षेत्र नेवार समाजका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

- dhankutapress