धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/हिन्दु स्वयमसेवक संघ,नेपालले धनकुटामा स्वामी विवेकानन्द संस्कृती ज्ञान परीक्षा–२०७९ आयोजना गरेको छ ।
धनकुटाको ७ स्थानिय तहहरु मध्ये धनकुटा, पाख्रीवास नगरपालिका र छथरजोरपाटी गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयका कक्षा–६ देखि १२ कक्षासम्म अध्ययनरत ७ सय ५० विद्यार्थिहरुले संस्कृति ज्ञान परिक्षामा भाग लिएका थिए ।
धनकुटाको तल्लो टुडिखेलमा आयोजना गरिएको परिक्षामा गोकुन्डेश्वर बालमन्दिर माध्यामिक विद्यालय धनकुटा–५ का छात्राहरु प्रतिभा सुवेदी र मन्जिला ओभाले क्रमशः प्रथम र द्धितिय स्थान ल्याएका थिए । परिक्षामा प्रथम हुने प्रतिभा सुवेदीले नगद १५ हजार सहित नगद र प्रमाण पत्र पाए । त्यसैगरी द्धितिय हुने मन्जिला ओझाले नगद १० हजार, सहित प्रमाणपत्र पाएका थिए । त्यसैगरी परिक्षामा तृतीय स्थान ल्याउन सफल स्वतन्त्र तर्फकी आनन्दी कुमारी मण्डलले नगद ५ हजार सहित प्रमाणपत्र पाए । अन्य विभिन्न विद्यालयका १० जना छात्र–छात्राहरुले सान्त्वना स्वरुप नगद ५ सय सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
परिक्षामा राम्रो अंक ल्याएर विजयी हासिल गर्ने छात्र–छात्राहरुलाई कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास निर्देशानालय किराँत–लिम्वुवान प्रदेशका निर्देशक पुस्पराज बराल, विशिष्ट अतिथी प्रदेशका सहचालक भीष्म खतिवडा, कोशी पहाडका चार जिल्लाका सहचालक बिश्वनाथ दाहाल, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

- Dhnakutapress